डा. गोविन्द केसी रिहा

<p>काठमाडौं । सर्वोच्च अदालतले प्रा.डा. गोविन्द केसीलाई तारेखमा रिहा गरेको छ । बुधबार विना धरौटी रिहा गर्न भन्दै डा. केसीलाई उनका कानुन व्यवसायी एवम् वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीको जिम्मा लगाउन आदेश दिइएको छ । न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र बमकुमार श्रेष्ठको इजलासले रिहाइको आदेश दिएको हो ।प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीको प्रमाणपत्र विवादका सम्बन्धमा जिल्ला प्रशासन कार्यालयबाट [&hellip;]</p>

काठमाडौं । सर्वोच्च अदालतले प्रा.डा. गोविन्द केसीलाई तारेखमा रिहा गरेको छ ।

बुधबार विना धरौटी रिहा गर्न भन्दै डा. केसीलाई उनका कानुन व्यवसायी एवम् वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीको जिम्मा लगाउन आदेश दिइएको छ ।

न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र बमकुमार श्रेष्ठको इजलासले रिहाइको आदेश दिएको हो ।प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीको प्रमाणपत्र विवादका सम्बन्धमा जिल्ला प्रशासन कार्यालयबाट बुझ्ने आदेशमा भनिएको छ ।

यस्तै प्रमाणपत्रको सम्बन्धमा न्यायपरिषद्बाट कागज झिकाउने उल्लेख छ ।

डीन डा. शशी शर्माका बारेमा सर्वोच्चबाट मिसिल झिकाएर अध्ययन गरिने आदेशमा उल्लेख छ ।
प्रधानन्यायाधीश पराजुलीको राजीनामा माग गर्दै अनसन सुरु गरेलगत्तै अदालतले उनलाई पक्राउ गर्ने आदेश दिएको थियो ।

Share News