काठमाडौं । सिटिजन्स म्युचअल फण्ड १ ले लगानीकर्तालाई वार्षिक २२ प्रतिशत भन्दा बढी लाभांश दिने भएको छ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको प्रवर्धन र सीबीआइएल क्यापिटल लिमिटेड आयोजना व्यवस्थापक रहेको म्युचअल फण्डले आउदो ७ वर्षमा औसत २२.३ प्रतिशत लाभांश दिने भएको हो ।
फण्डले बैंकको भन्दा कयैन गुणा बढी प्रतिफल दिने सीबीआइएलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) समीरप्रसाद दाहाल बताउछन् । फण्डबाट वार्षिक न्युनतम साढे ९ प्रतिशत नगद लाभांश पाउने उनले जानकारी दिए ।
म्युचअल फण्डले पहिलो वर्ष ७.४, दोसो वर्ष १७, तेस्रो वर्ष १५.१८, चौथो वर्ष २०, पाँचौ वर्ष १९.८५, छैठौ वर्ष ३८.५ र सातौ वर्ष ३८.२ प्रतिशत प्रतिफल दिने छ ।
फण्ड लगानीको संरचनामा रहने भएको जुन रुपमा मूल्यवृद्धि हुन्छ त्यही रुपमा बढी प्रतिफल दिने दाहालको भनाई छ । अन्तिम वर्ष फण्ड बिक्री गरेर रकम लगानीकर्तालाई बितरण हुनेछ ।
म्युचअल फण्डले पहिलो वर्ष २ करोड ३७ लाख २६ हजार रुपैयाँ नगद लाभांश दिने छ । त्यसपछि दोस्रो वर्ष २ करोड ९८ लाख, तेस्रो वर्ष ४ करोड ९ लाख, चौथो वर्ष ९ करोड १ लाख पाँचौ वर्ष ४ करोड २१ लाख, छैठौ वर्ष १८ करोड ९९ लाख र सातौ वर्ष बढेर २५करोड ३७ लाख रुपैयाँ लाभांश दिने सीबीआईएलले जनाएको छ ।
सीबीआईएलले माघ २ गतेदेखि १ अर्ब रुपैयाँको फण्ड १ निष्कासन गर्न लागेको हो । फण्डको अंकित मूल्य प्रति इकाई १० रुपैयाँ छ । कुल इकाई मध्ये १५ प्रतिशत अर्थात १ करोड ५० लाख सिटिजन्स बैंकलाई सुरक्षति गरी साढे ८ करोड इकाई बिक्रीका लागि खुला हुनेछ । फण्ड निष्कासन बन्द माघ १७ गते हुनेछ सीबीआईएलले जानकारी दिएको छ ।
न्युनतम १ सयदेखि अधिकतम २० लाख इकाईका लागि आवेदन दिन पाउने छ । अधिकतम साढे १२ करोड इकाईसम्म सकारिने सीबीआईएलले जनाएको छ । फण्डको नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सुचिकृत भई कारोबार गर्न सकिने छ । इकाइ अंकित मूल्यका आधारमा लाभांश वितरण गर्ने र संचित नाफालाई पुनः लगानीका लागि उपयोग गरिने जानकारी दिइएको छ ।