नेपाल आयल निगमले ३० प्रतिशत साधारण सेयर जारी गर्ने, १५ प्रतिशत विदेशी लगानी

<p>काठमाडौं । नेपाल आयल निगम लिमिटेडले ३० प्रतिशत साधारण शेयर जारी गर्ने भएको छ । निगमले आफ्नो सेयर संरचना परिवर्तन गर्दै ३० प्रतिशत साधारण सेयर(आईपीओ) जारी गर्न लागेको हो । हाल निगमको चुक्ता पुँजी २९ करोड २३ लाख रहेको छ । निगमले चुक्ता पुँजी बढाएर २० देखि ३० अर्ब पुर्याउन लागेको छ । सोही पुँजीमा [&hellip;]</p>

काठमाडौं । नेपाल आयल निगम लिमिटेडले ३० प्रतिशत साधारण शेयर जारी गर्ने भएको छ । निगमले आफ्नो सेयर संरचना परिवर्तन गर्दै ३० प्रतिशत साधारण सेयर(आईपीओ) जारी गर्न लागेको हो ।

हाल निगमको चुक्ता पुँजी २९ करोड २३ लाख रहेको छ । निगमले चुक्ता पुँजी बढाएर २० देखि ३० अर्ब पुर्याउन लागेको छ । सोही पुँजीमा ५५ प्रतिशत सरकारी, ३० प्रतिशत सर्वसाधारण र १५ प्रतिशत रणनीतिक साँझेदारलाई दिने तयारी थालेको हो । रणनीतिक साँझेदारका रुपमा विश्वामा ख्याति प्राप्त कम्पनीलाई भित्र्याउने तयारीमा निगम जुटेको निमित्त कार्यकारी निर्देशक सुशिल भट्टराईले बताए ।

निगमको ४८ औं वार्षिकोत्सवमा निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराइले भने ‘अब निगममा सरकारको सेयर ५५ प्रतिशत र रणनैतिक साझेदारीको १५ प्रतिशत शेयर रहनेछ र बाँकी ३० प्रतिशत लगानी सर्वसाधारणले गर्नेछन् ।’ निगमको वार्षिक कारोबार १ खर्ब ५० अर्ब रुपैयाँ रहेको छ भने अब त्यसलाई बढाएर २ खर्ब पुर्याउने तयारी निगमले गरेको छ ।

 

Share News