बमले खुट्टा लग्यो, परिवार पाल्ने कसरी ?

<p>काठमाडौं ।‘एक्कासी ठुलो आवाज आयो, ब्युझँदा चितवन मेडिकल कलेजमा रहेछु, त्यसपछि थाहाँ पाए, एउटा खुट्टा काटिएको रहेछ’, यो भनाई हो सरिता राईको । गत मंसिर २ गते रौतहतको चन्द्रपुर नगरपालिका वडा नम्बर ५ मा बम बिस्फोट हुँदा सरिता र उनका छोरा जैविक राईसहित एक दर्जन घाईते भएका थिए । अन्य घाइतेहरु उपचारपछि घर फर्किसकेका छन [&hellip;]</p>

बम विस्फोटमा परि घाइते भएकी सरिता राई र ७ बर्षिय छोरा जैविक राई चितवन मेडिकल कलेजमा उपचार गराउँदै । सरिताको वायाँ खुट्टा काटिएको छ भने जैविकको बायाँ हात काटिएको छ ।

काठमाडौं ।‘एक्कासी ठुलो आवाज आयो, ब्युझँदा चितवन मेडिकल कलेजमा रहेछु, त्यसपछि थाहाँ पाए, एउटा खुट्टा काटिएको रहेछ’, यो भनाई हो सरिता राईको । गत मंसिर २ गते रौतहतको चन्द्रपुर नगरपालिका वडा नम्बर ५ मा बम बिस्फोट हुँदा सरिता र उनका छोरा जैविक राईसहित एक दर्जन घाईते भएका थिए ।
अन्य घाइतेहरु उपचारपछि घर फर्किसकेका छन तर सरिता र उनका ७ बर्षिय छोरा जैविक राई भने अझै चितवन मेडिकल कलेजमा उपचार गराईरहेका छन् ।
सरिताको बायाँ खुट्टा काटिएको छ भने जैविकको बायाँ हात काटिएको छ ।

सरिताका श्रीमान कृष्ण बहादुर राई दमको रोगले थलिएर राम्रोसँग हिड्डुल गर्न समेत सक्दैनन् । पाँच जनाको परिवारलाई आफ्नै मजदुरीको कमाईले पाल्दै आएकी सरिताले बम विस्फोटनका कारण खुट्टा गुमाएपछि परिवारकै विचल्ली भएको छ । उनी उपचारका क्रममा अस्पतालमा छिन, हालसम्म ३ लाख रुपैंयाँ खर्च भैसकेको छ । त्यो पैसा कसरी तिर्ने र अस्पताल बसाईपछिको जिवन कसरी अघि बढाउने ? यस्तै प्रश्नहरुले उनलाई सताईरहेको छ । ‘आफ्नो खुट्टा गुम्यो, कलिलो छोराले हात गुमायो, अब अस्पतालको खर्च कसरी तिर्ने ? घर फर्केपछिको जीवन कसरी गुजारा गर्ने ? सरकारले सहयोग गर्छ रे भन्ने सुनेको थिए, हामी गरिबलाई सरकारले पनि हेरेन’, राईले भनिन् ।

उनलाई उपचार खर्च र थप राहत उपलब्ध गराउन रौतहटका निर्वतमान सांसद रामकुमार भट्टराई लागिपरेका छन् । भट्टराईकै अग्रसरतामा जिल्ला प्रशासन कार्यालयले १० लाख क्षतिपुर्तिका लागि गृह मन्त्रालयलाई सिफारिस गरेको छ । तर गृहमन्त्रालयले खासै चासो नदेखाएको सांसद भट्टराईले गुनासो पोख ।‘पहुँचवाला नेतासँगै विस्फोटमा परेकाहरुको उपचार खर्च व्यहोरेर सरकारले थप ५ लाख क्षतिपुर्ति समेत दिईसकेको छ, तर रौतहटका पीडितलाई भने अझै दिइएको छैन’, भट्टराईले भने । उनले गृहमन्त्रालय र मुख्यसचिवलाई समेत घाइतेको उपचार र थप सहयोगका लागि लिखित आग्रह गरिसकेको बताएका छन् ।

Share News