काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडको हकप्रद सेयर माघ १५ देखि बिक्रि सुरु हुने भएको छ । कम्पनीले प्रति १० कित्ता बराबर ८.३ कित्ताको अनुपातमा एक सय रुपैंयाँ दरका २८ लाख ६८ हजार २ सय २५ कित्ता हकप्रद सेयर निष्काशन गर्न लागेको हो ।
सेयर निष्काशनका लागि कम्पनीले सिद्धार्थ क्यापिटललाई बिक्रि प्रबन्धक नियुक्त गरिसकेको छ । पुस २९ गतेसम्म नेपाल स्टक एक्सचेञ्जबाट सेयर खरिद गरेका लगानी कर्ताहरुले हकप्रद सेयर भर्न पाउँनेछन् ।