एभरेष्ट इन्स्योरेन्सका लगानीकर्ताले ६ सय प्रतिशत हकप्रद सेयर नपाउने

<p>काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडका लगानीकर्ताले ६ सय प्रतिशत हकप्रद सेयर नपाउने भएका छन् । संस्थापक सेयर कारोबार(खरिद बिक्री) गर्ने सम्बन्धमा समितिको निर्देशन २०६६ अनुसार संस्थापक र साधारण सेयरको संरचना ५१ः४९ बनाउनुपर्ने भएपछि लगानीकर्ताले ६ सय प्रतिशत हकप्रद सेयर नपाउने भएका हुन् । हाल सबै साधारण सेयरधनी रहेका एभरेष्ट इन्स्योरेन्सले गत असार २३ गतेको [&hellip;]</p>

काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडका लगानीकर्ताले ६ सय प्रतिशत हकप्रद सेयर नपाउने भएका छन् । संस्थापक सेयर कारोबार(खरिद बिक्री) गर्ने सम्बन्धमा समितिको निर्देशन २०६६ अनुसार संस्थापक र साधारण सेयरको संरचना ५१ः४९ बनाउनुपर्ने भएपछि लगानीकर्ताले ६ सय प्रतिशत हकप्रद सेयर नपाउने भएका हुन् ।

हाल सबै साधारण सेयरधनी रहेका एभरेष्ट इन्स्योरेन्सले गत असार २३ गतेको १८ औँ, १९ औँ, २० औँ, २१ औँ तथा २२ औँ वार्षिक साधारणसभा गरी २० प्रतिशत बोनस सेयर र ६ सय प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरेको थियो ।

संस्थापक सेयरलाई साधारण बनाउने व्यवस्था भएपनि हालसम्म साधारण सेयरलाई संस्थापक बनाउने व्यवस्था छैन् । कम्पनीमा नयाँ लगानीकर्तालाई संस्थापक सेयरधनीका रुपमा प्रवेश गराउनै पर्ने बाध्यात्मक अवस्था सृजना भएपछि कम्पनीका लगानीकर्ताले पूर्व घोषित ६ सय प्रतिशत हकप्रद सेयर नपाउने भएका हुन् ।

धितोपत्र बोर्ड पनि भदौ २३ गते नै आवेदन दिएको कम्पनीको हकप्रद सेयर निष्काशन सम्बन्धी प्रस्तावलाई अझै स्वीकृत दिएको छैन् । ‘साधारण सेयरलाई संस्थापक बनाउने नियम छैन, ५१ः४९ प्रतिशतको सेयर संरचना बनाउनै पर्छ, त्यसो गर्दा नयाँ लगानी कर्ता भित्रिनेछन र पुराना लगानी कर्ताले अहिले घोषणा भएको ६ सय प्रतिशत हकप्रद सेयर पाउने छैनन्’, बीमा समिति स्राेतले भन्यो ।

धितोपत्र बोर्डका प्रवक्ता निरज गिरीले पनि एभरेष्ट इन्स्योरेन्सको हकप्रद सेयर निष्काशनका बारेमा केहि प्रश्न सोधेर पठाईएको बताए । ‘एभरेष्ट इन्स्योरेन्सको सेयर संरचना सम्बन्धी केहि समस्या देखिएका छन्, त्यसैले हकप्रद निष्काशनको प्रक्रिया रोकिएको हुन सक्छ’, बोर्डका प्रवक्ता गिरीले भने । कम्पनीले साधारण सभाको निर्णय अनुसार भदौ २३ गते ७२ करोड ९० लाख मूल्यको हकप्रद सेयर निष्काशनका लागि धितोपत्र बोर्डमा निवेदन दिएको थियो ।

Share News