एनआईसी एशिया बैंकको थप दुई शाखा सिन्धुलीमाडी र बेसीशहरमा

<p>काठमाडौं । एनआईसी एशिया बैंकको थप दुई शाखा सिन्धुलीको सिन्धुलीमाडी र लम्जुङ्गको बेसीशहरमा सञ्चालनमा ल्याएको छ । सिन्धुली जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष बिनेशकुमार श्रेष्ठबाट सिन्धुली शाखाको र लम्जुङ्ग जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष राजेश थापाबाट बेसीशहर शाखाको औपचारिक रुपमा उद्घाटन सम्पन्न भएको हो । यस २ शाखा कार्यालयहरुको उद्घाटनसँगै हाल यस बैंकले हाल १५६ [&hellip;]</p>

काठमाडौं । एनआईसी एशिया बैंकको थप दुई शाखा सिन्धुलीको सिन्धुलीमाडी र लम्जुङ्गको बेसीशहरमा सञ्चालनमा ल्याएको छ । सिन्धुली जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष बिनेशकुमार श्रेष्ठबाट सिन्धुली शाखाको र लम्जुङ्ग जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष राजेश थापाबाट बेसीशहर शाखाको औपचारिक रुपमा उद्घाटन सम्पन्न भएको हो ।

यस २ शाखा कार्यालयहरुको उद्घाटनसँगै हाल यस बैंकले हाल १५६ शाखा कार्यालय, १४१ एटिएम एवंम् ४ एक्स्टेन्सन काउन्टरहरुबाट सेवा प्रदान गर्दै आईरहेको छ । बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको छ ।

Share News