कामना सेवा विकास बैंकको माघ ३ गते बुक क्लोज, हकप्रद सेयर जारी गर्दै

<p>काठमाडौं । कामना सेवा विकास बैंकको आगामी माघ ३ गते बुक क्लोज हुने भएको छ । बैंकले हकप्रद सेयर जारी गर्ने प्रयोजनको लागि उक्त एक दिनका लागि सेयर नामसारी तथा दाखिल खारेज बन्द गर्न लागेको हो । यस बैंकले हाल कायम चुक्ता पुँजीको १५ प्रतिशतका दरले हकप्रद सेयर निष्काशन गर्न लागेको हो । हाल कम्पनीको चुक्ता [&hellip;]</p>

काठमाडौं । कामना सेवा विकास बैंकको आगामी माघ ३ गते बुक क्लोज हुने भएको छ । बैंकले हकप्रद सेयर जारी गर्ने प्रयोजनको लागि उक्त एक दिनका लागि सेयर नामसारी तथा दाखिल खारेज बन्द गर्न लागेको हो ।

यस बैंकले हाल कायम चुक्ता पुँजीको १५ प्रतिशतका दरले हकप्रद सेयर निष्काशन गर्न लागेको हो । हाल कम्पनीको चुक्ता पुँजी एक अर्ब ८२ करोड रुपैयाँ रहेको छ । सो मात्राको हकप्रद पश्चात कम्पनीको पुँजी २ अर्ब नाघ्ने छ ।

Share News