सेयर बजारमा ८ अंकको वृद्धि, बीमा समूह १६५ अंकले उक्लियो

<p>काठमाडौं । आइतबारको सेयर बजारमा करिब ८ अंकको वृद्धि भएको छ । सो दिन नेप्से परिसूचक ७.९७ अंकले बढेर १४३१.८० अंकमा पुगेको छ । बजार नेप्से परिसूचकमा सुधार भएतापनि कारोबार रकममा भने गिरावट आएको छ । आइतबारको बजारमा कुल १५७ कम्पनीको जम्मा ३६ करोड १६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । आइतबार सबैभन्दा [&hellip;]</p>

काठमाडौं । आइतबारको सेयर बजारमा करिब ८ अंकको वृद्धि भएको छ । सो दिन नेप्से परिसूचक ७.९७ अंकले बढेर १४३१.८० अंकमा पुगेको छ ।

बजार नेप्से परिसूचकमा सुधार भएतापनि कारोबार रकममा भने गिरावट आएको छ । आइतबारको बजारमा कुल १५७ कम्पनीको जम्मा ३६ करोड १६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

आइतबार सबैभन्दा बढी मल्टिप्रपोज फाइनान्स कम्पनीका लगानीकर्ताले करिब १० प्रतिशत कमाएका छन् । सो दिन यस कम्पनीको सेयर मूल्य ९.९७ प्रतिशतले बढेर प्रतिकित्ता ३४२ रुपैयाँ पुगेको छ । जुन अघिल्लो कारोबारको तुलनामा ३१ रुपैयाँ बढी हो ।

त्यस्तै, बीमा समूहको परिसूचक १६५ अंकले उकालो लागेको छ । त्यस्तै, माइक्रोफाइनान्सको २०, होटलको १४ र उत्पादनमूलकको १० अंकले परिसूचक बढेका छन् । बजारमा फाइनान्स र अन्य समूहको परिसूचक भने क्रमशः १.१४ र ०.५७ अंकले ओरालो लागेका छन् । उता ट्रेडिङ समूह भने स्थिर छ ।

Share News