बोनस सेयरपछि तीन कम्पनीको सेयर मूल्य समायोजन

<p>काठमाडौं । आइतबार मात्रै विभिन्न तीन कम्पनीको सेयर मूल्य समायोजन भएको छ । सो दिन अपी पावर कम्पनी, सप्तकोशी डेभलपमेन्ट बैंक र कञ्चन डेभलपमेन्ट बैंकको बोनस सेयर पछिको सेयर मूल्य समायोजन भएको हो । अपी पावरको ८ प्रतिशत बोनस सेयरपछिको मूल्य समायोजन भएको छ । समायोजन पछि कम्पनीको सेयर मूल्य प्रतिकित्ता ४३५ रुपैयाँ रहेको छ [&hellip;]</p>

काठमाडौं । आइतबार मात्रै विभिन्न तीन कम्पनीको सेयर मूल्य समायोजन भएको छ । सो दिन अपी पावर कम्पनी, सप्तकोशी डेभलपमेन्ट बैंक र कञ्चन डेभलपमेन्ट बैंकको बोनस सेयर पछिको सेयर मूल्य समायोजन भएको हो ।

अपी पावरको ८ प्रतिशत बोनस सेयरपछिको मूल्य समायोजन भएको छ । समायोजन पछि कम्पनीको सेयर मूल्य प्रतिकित्ता ४३५ रुपैयाँ रहेको छ । जसको आधार मूल्य प्रतिकित्ता ४११ रुपैयाँ रहेको थियो ।

त्यस्तै, सप्तकोशी डेभलपमेन्ट बैंकको ४.७८२ प्रतिशत बोनस पश्चात कम्पनीको सेयर मूल्य समायोजन गरेको छ । समायोजन पश्चात कम्पनीको सेयर मूल्य प्रतिकित्ता १४० रुपैयाँ रहेको छ ।

त्यसैगरी, कञ्चनको पनि १२.३३ प्रतिशत बोनस सेयर पछिको सेयर मूल्य समायोजन भएको छ । जसको समायोजन पछिको सेयर मूल्य प्रतिकित्ता २१० रुपैयाँ रहेको छ ।

Share News