स्पर्स लघुवित्तको ३० प्रतिशत साधारण सेयर पारित, अध्यक्षमा सुशिलभक्त माथेमा

<p>काठमाडौं । स्पर्स लघुवित्त वित्तीय संस्थाको जारी पुँजीको ३० प्रतिशत साधारण सेयर जारी गर्ने प्रस्ताव पारित भएको छ । सञ्चालक समितिको उक्त प्रस्तावलाई कम्पनीको हालै सम्पन्न प्रथम वार्षिक साधारणसभाले पारित गरेको हो । संस्थाले हाल कायम रहेको जारी पुँजीको सो मात्रा अर्थात २ करोड ४० लाख रुपैयाँ बराबरको २ लाख ४० हजार कित्ता साधारण सेयर [&hellip;]</p>

काठमाडौं । स्पर्स लघुवित्त वित्तीय संस्थाको जारी पुँजीको ३० प्रतिशत साधारण सेयर जारी गर्ने प्रस्ताव पारित भएको छ । सञ्चालक समितिको उक्त प्रस्तावलाई कम्पनीको हालै सम्पन्न प्रथम वार्षिक साधारणसभाले पारित गरेको हो ।

संस्थाले हाल कायम रहेको जारी पुँजीको सो मात्रा अर्थात २ करोड ४० लाख रुपैयाँ बराबरको २ लाख ४० हजार कित्ता साधारण सेयर निष्कासन गर्ने भएको छ । हाल संस्थाको जारी पुँजी ८ करोड रुपैयाँ रहको छ ।

त्यसैगरी, संस्थापक समुह अन्तर्गतको ४ जना संचालकको निर्वाचनमा प्रा.डा. सुशिलभक्त माथेमा, डा. सुरेन्द्र न्यौपाने र जनता बैंकको तर्फबाट अजयकुमार मिश्र गरी ३ जना निर्विरोध निर्वाचित भएका छन् । निर्वाचित संचालकहरुले साधारणसभा पछि बसेको संचालक समितिको ३० औं बैठकको निर्णयले संस्थाको अध्यक्षमा सुशिलभक्त माथेमालाई चयन गरेको छ । नवनिर्वाचित अध्यक्ष माथेमाले नेपाल राष्ट्र बैंकको पोखरा कार्यालयको निर्देशक पोमनाथ गौतम समक्ष पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् ।

संस्थाले हाल १५ वटा शाखा मार्फत करिब ३,४०० सदस्यहरुलाई ११ करोड कर्जा लगानी गरेको र करीब १ करोड ६० लाख बचत संकलन गरेको जानकारी प्रमुख कार्यकारी अधिकृत तथा कम्पनी सचिवसजल खड्काले जानकारी गराए । १० करोड रुपैयाँ अधिकृत पुँजी रहेको संस्थाको हाल चुक्ता पुँजी ५ करोड ६० लाख रुपैयाँ रहेको छ । त्यस्तै, सर्वसाधारणलाई शेयर जारी गरे पश्चात संस्थाको पुँजी ८ करोड रुपैयाँ पुग्नेछ ।

Share News