मुद्धतिको ब्याज घटाएर बचतमा बढाउँदै बैंक, सिभिलले साधारण वचतमा ८.५ प्रतिशत दिने

<p>काठमाडौं । बाणिज्य बैंकहरुले मुद्धति निक्षेपको घटाएर साधारण वचतको ब्याजदर बढाउन थालेका छन् । बजारमा लगानीयोग्य पुँजीको चरम अभाव भयो भन्दै बैंकले धमाधम मुद्दती निक्षेको ब्याजदर बढाएर १३ प्रतिशतसम्म पुृर्याएका थिए । बैंकबीच ब्याजदर नबढाउने आन्तरिक सहमति र नेपाल राष्ट्र बैंकले सिधै विकास ऋणपत्र खरिद योजना ल्याएर २५ अर्ब रुपैयाँ बजारमा पठाएपछि बैंक मुद्धतिको ब्याज [&hellip;]</p>

काठमाडौं । बाणिज्य बैंकहरुले मुद्धति निक्षेपको घटाएर साधारण वचतको ब्याजदर बढाउन थालेका छन् । बजारमा लगानीयोग्य पुँजीको चरम अभाव भयो भन्दै बैंकले धमाधम मुद्दती निक्षेको ब्याजदर बढाएर १३ प्रतिशतसम्म पुृर्याएका थिए ।

बैंकबीच ब्याजदर नबढाउने आन्तरिक सहमति र नेपाल राष्ट्र बैंकले सिधै विकास ऋणपत्र खरिद योजना ल्याएर २५ अर्ब रुपैयाँ बजारमा पठाएपछि बैंक मुद्धतिको ब्याज दर घटाउन लागेका हुन् ।

केही साता अघि १२.२२ प्रतिशत ब्याजमा व्यक्तिगत मुद्धति निक्षेप उठाउदै आएको सिभिल बैंकले घटाएर ११ प्रतिशतमा झारेको छ । साधारण निक्षेपको ब्याजदर बढाएर साढे ८ प्रतिशत पुर्याएको छ । बैंकले नेपाली मुद्धति बचत खाता योजना ल्याएर साधारण वचतको ब्याजदर बढाएको हो । यसबाट साधारण वचतकर्तालाई फाइदा हुने देखिन्छ ।

अन्य बैंकको साधारण वचतमा ब्याजदर ६ प्रतिशत भन्दा कम छ । दुई साताअघि प्रभु बैंकले ६ प्रतिशत ब्याज दिने गरी वचत योजना ल्याएको थियो । अन्य बैंकको वचतमा व्याजदर ६ प्रतिशत भन्दा कम छ ।

यस्तै अधिकाँश बैंकले मुद्धतिको व्याजदर १० देखि ११ प्रतिशत तोकेका छन् । मुद्दतीमा मात्र ब्याज बढाएको तर साधारण बचतमा नबढाएको आरोप बैंकलाई लाग्दै आएको छ । यस्तै सिटिजन्स बैंकले पनि आइतबार न्युनतम १०.२५ देखि ११ प्रतिशत ब्याज दिने मुद्ती योजना ल्याएको छ ।

हाल बैंकिङ प्रणालीमा ४७ अर्ब रुपैयाँ अधिक तरलता रहेको राष्ट्र बैंकले जनाएको छ । केन्द्रीय बैंकले धमाधम पैसा बजारमा पठाउन थालेपछि अधिक तरलता बढेको हो । केन्द्रीय बैंकले आइतबार १० अर्ब रुपैयाँ बजारमा पठाउदै छ ।

अन्तर बैंक ब्याजदर ५ प्रतिशत भन्दा तल छ । अहिलेसम्म त्यस्तो ब्याजदर ४.५ प्रतिशतकै आसपासमा अडिएको छ । अन्तर बैंक ब्याजदर नबढेपछि केन्द्रीय बैंकले बजारमा पैसा पठाउन रिपो निष्कासन गर्न पाएको छैन् ।

Share News