कर्णाली डेभलपमेन्ट बैंकले ३३ करोड ९७ लाखको हकप्रद सेयर निष्कासन गर्दै, माघ ११ देखि बिक्री खुला

<p>काठमाडौं । कर्णाली डेभलपमेन्ट बैंकले आउदो माघ ११ गतेदेखि हकप्रद सेयर बिक्री खुला गर्ने भएको छ । चुक्तापुँजी बढाउन बैंकले १ बराबर २.२५ अनुपातमा ३३ करोड ९७ लाख ५० हजार रुपैयाँ बराबरको ३३ लाख ९७ हजार ५ सय कित्ता हकप्रद बिक्री गर्न लागेको हो । हकप्रद सेयर निष्कासन माघ ११ देखि सुरु भई फागुन १६ [&hellip;]</p>

काठमाडौं । कर्णाली डेभलपमेन्ट बैंकले आउदो माघ ११ गतेदेखि हकप्रद सेयर बिक्री खुला गर्ने भएको छ । चुक्तापुँजी बढाउन बैंकले १ बराबर २.२५ अनुपातमा ३३ करोड ९७ लाख ५० हजार रुपैयाँ बराबरको ३३ लाख ९७ हजार ५ सय कित्ता हकप्रद बिक्री गर्न लागेको हो ।

हकप्रद सेयर निष्कासन माघ ११ देखि सुरु भई फागुन १६ गते बन्द हुने निष्कासन तथा बिक्री प्रवन्धक प्रभु क्यापिटल लिमिटेडले जनाएको छ ।

हाल बैंकको चुक्तापुँजी १५ करोड १० लाख रुपैयाँ रहेको छ । हकप्रद बाँडफाँडपछि बैंकको चुक्तापुँजी बढेर ४९ करोड ७ लाख ५० हजार रुपैयाँ पुग्ने छ ।

Share News