काठमाडौं । कालिका पावर कम्पनीले स्थानिय वासिन्दाको लागि ६ करोड रुपैयाँको आइपीओ निष्काशन गर्न बोर्डको अनुमति पाएको छ । बोर्डले दिएको अनुमति अनुसार कम्पनीले १०० रुपैयाँ दरको ६ लाख कित्ता आइपीओ निष्कासन गर्ने भएको छ ।
साथै, कम्पनीले सो मात्राको आइपीओ निष्कासन गर्नको लागि काठमाण्डू क्यापिटल मार्केट लिमिटेड र ग्लोबल आईएमई क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक तोकेको छ ।