नेशनल डेभलपमेन्ट को-अपरेटिभले १५ प्रतिशत लाभांश दिने

<p>काठमाडौं । नेशनल डेभलपमेन्ट को-अपरेटिभ सोसाइटी लिमिटेडको सेयरधनीलाई १५ प्रतिशत लाभांश दिने प्रस्ताव पारित भएको छ । संस्थाको हालै सम्पन्न २० औँ वार्षिक साधारणसभाले सेयरधनीलाई १० प्रतिशत बोनस र ५ प्रतिशत नगद गरी सो मात्राको लाभांश दिने समितिको प्रस्तावलाई पारित गरेको हो । संस्थाको गत मंसिर मसान्त सम्ममा कुल चुक्ता पुँजी ३ करोड ५५ लाख [&hellip;]</p>

काठमाडौं । नेशनल डेभलपमेन्ट को-अपरेटिभ सोसाइटी लिमिटेडको सेयरधनीलाई १५ प्रतिशत लाभांश दिने प्रस्ताव पारित भएको छ । संस्थाको हालै सम्पन्न २० औँ वार्षिक साधारणसभाले सेयरधनीलाई १० प्रतिशत बोनस र ५ प्रतिशत नगद गरी सो मात्राको लाभांश दिने समितिको प्रस्तावलाई पारित गरेको हो ।

संस्थाको गत मंसिर मसान्त सम्ममा कुल चुक्ता पुँजी ३ करोड ५५ लाख रुपैयाँ रहेको छ । सो अवधिमा कम्पनीले ८१ करोड ३६ लाख रुपैयाँ निक्षेप परिचालन गरेको छ ।

Share News