यसरी बन्दैछ काठमाडौंमा १२ तले भ्यु टावर, ४ सय कामदार निर्माणमा

<p>काठमाडौं । गत वर्ष माघदेखि काठमाडौंको पुरानो बस पार्कमा निर्माण सुरु गरिएको काठमाडौं भ्यु टावरको काम तिब्र गतिमा भइरहेको छ । &nbsp; &nbsp; अहिले भ्युटावर निर्माण तिब्र गतिमा भइरहेको सञ्चालक भैरव भेटवालले बताए । ‘द्रुत गतिमा निर्माण कार्य अघि बढिरहेको छ,’ उनले भने ‘अबको दुई वर्षपछि काम सिध्याउछौं ।’उनको अनुसार औपचारिक रुपमा चार महिना अघिदेखि [&hellip;]</p>

काठमाडौं । गत वर्ष माघदेखि काठमाडौंको पुरानो बस पार्कमा निर्माण सुरु गरिएको काठमाडौं भ्यु टावरको काम तिब्र गतिमा भइरहेको छ ।

 

 

अहिले भ्युटावर निर्माण तिब्र गतिमा भइरहेको सञ्चालक भैरव भेटवालले बताए । ‘द्रुत गतिमा निर्माण कार्य अघि बढिरहेको छ,’ उनले भने ‘अबको दुई वर्षपछि काम सिध्याउछौं ।’उनको अनुसार औपचारिक रुपमा चार महिना अघिदेखि काम सुरु भएको हो ।

हालसम्म कुनै रोकावट आएको छैन । ‘अहिले दिन र राती गरी ४ सय जना कामदार काममा खटिएका छन्,’ उनले भने ‘हालसम्म १ हजार १ सय पाइलीङ गर्न पर्नेमा आधा (साढे पाँच सय) सकिएको छ ।’

त्यस्तै कुल ३८० मिटर शेयरवाल निर्माण गर्न पर्नेमा ६० मिटर लागिसकेको छ । कम्पनीको अनुसार अहिले भ्यु टावर निर्माण कार्यका लागि ३ म्यैट मेसिन, ४ क्रेन, २ भ्याकु, १२ टिपर लगायतका सम्पूर्ण ठूला÷साना मेसिनहरु सञ्चालन भइरहेको छ । ‘अहिलेसम्म ६१ करोड रुपैयाँ खर्च भइसकेको छ,’ कम्पनीका सञ्चालक भेटवालले भने ।

टावर निर्माण आरम्भ गर्नका २०७३ बैशाखमा पुरानो बसपार्कलाई खुल्ला मञ्चमा सारिएको थियो । बसपार्क सारिएको ८ महिनापछि टावर निर्माण आरम्भ गरिएको होे ।

 

काठमाडौं महानगरपालिकाले २०७१ फागुन ८ गते जलेश्वर स्वच्छन्द विकोई विल्डर्स प्रालिसँग सार्वजनिक निजी साझेदारीको मोडलमा २९ तले बहुउदेश्यिय काठमाडौं भ्यु टावर निर्माण सम्झौता गरेको थियो । टावरको उपराष्ट्रपति नन्दबहादुर पुनले शिलान्यास गरेका थिए ।

पुरानो बसपार्कले चर्चेको २३ रोपनी ५ आना ३ पैसा २ दाम जामिनमा काठमाडौं टावर निर्माण गर्ने सम्झौतामा उल्लेख छ । तर महानगरपालिकाले निर्माण अनुमति भने १२ तल्लाका लागि मात्रै दिएको छ ।

कुल जमिनमध्ये ४० प्रतिशत भागमा टावरको निर्माण हुने जनाइएको छ । बाँकी ६० प्रतिशत जमिनमा गार्डेन निर्माण गरिनेछ ।
२०६८ सालको असोजमा निर्माण अनुमति प्रदान गर्दा २९ तल्लो सो भवनको लागत १ अर्ब ८७ करोड रुपैयाँ हुने प्रक्षेपण गरिएको थियो । त्यसपछि सो मुल्यमा ४० प्रतिशत लागत बढ्ने अनुमान गरिएको छ । भवन निर्माणका लागि ३ वर्ष अवधि तोकिएको छ ।

Share News