सिभिल बैंकले वार्षिक नाफा ८२ प्रतिशत बढाउने, ३ वर्षमा खुदनाफा १ अर्ब १५ करोड पुग्ने

<p>काठमाडौं । सिभिल बैंक लिमिटेडले वार्षिक ८२.८२ प्रतिशतले खुद नाफा बढाउने लक्ष्य लिएको छ । बैंकले आगामी ३ वर्षमा नाफा साढे २ गुणा बढाएर १ अर्ब १५ करोड ७१ लाख रुपैयाँ पुर्याउने प्रक्षेपण गरेको छ । बैंकले गत आवमा ३३ करोड ८१ लाख रुपैयाँ खुद नाफा गरेको थियो । बैंकले खराब कर्जा घटाउने र व्यवसाय [&hellip;]</p>

काठमाडौं । सिभिल बैंक लिमिटेडले वार्षिक ८२.८२ प्रतिशतले खुद नाफा बढाउने लक्ष्य लिएको छ । बैंकले आगामी ३ वर्षमा नाफा साढे २ गुणा बढाएर १ अर्ब १५ करोड ७१ लाख रुपैयाँ पुर्याउने प्रक्षेपण गरेको छ ।

बैंकले गत आवमा ३३ करोड ८१ लाख रुपैयाँ खुद नाफा गरेको थियो । बैंकले खराब कर्जा घटाउने र व्यवसाय विस्तार गरेर नाफा बढाउने लक्ष्य लिएको हो । बैंकको निष्क्रिय कर्जा ४.६५ प्रतिशत छ । यो वर्ष निष्क्रिय कर्जा आधा घटाउने योजना बैंकको छ ।

बैंकले हकप्रद निष्कासन गर्दा बाहिर ल्याएको विवरणअनुसार गत आवको तुलनामा खुदनाफा साढे २ गुणा बढ्ने प्रक्षेपण गरेको हो । बैंकले चालु आव ०७४/०७५ मा नाफा बढाए १ अर्ब ६ करोड ३२ लाख रुपैयाँ पुर्याउने भएको छ । यस्तै आगामी आव ०७५/०७६ मा १ अर्ब १० करोड ८८ लाख र आव ०७६/०७७ मा १ अर्ब १५ करोड ७१ लाख रुपैयाँ खुदनाफा हुने प्रक्षेपण गरेको हो ।

नाफा वृद्धिसंगै आउदो ३ वर्षमा बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) साढे २ गुणा बढाएर १४ रुपैयाँ ४६ पैसा पुर्याउने भएको छ । गत आवमा बैंकको ईपीएस ६ रुपैयाँ ५२ पैसा थियो । चालु आवमा दोब्बर बढाएर १३ रुपैयाँ २९ पैसा पुर्याउने छ । यस्तै आगामी आवमा १३ रुपैयाँ ८६ पैसा र आव ०७६/०७७ मा १४ रुपैयाँ ८६ पैसाँ पुर्याउने प्रक्षेपण गरेको हो ।

यस्तै आव ०७६/०७७ मा निक्षेप परिचालन बढाएर ५९ अर्ब ३६ करोड ९७ लाख रुपैयाँ पुर्याउने भएको छ । गत आवमा बैंकको निक्षेप ३४ अर्ब ११ करोड थियो । चालु आवमा बढाएर ४२ अर्ब ६३ करोड ८४ लाख, आगामी आवमा ५० अर्ब ३१ करोड ३३ लाख रुपैयाँ निक्षेप परिचालन गर्ने योजना छ ।

३ वर्षमा कर्जा लगानी बढाएर ५२ अर्ब १७ करोड ४५ लाख रुपैयाँ कर्जा लगानी गर्ने योजना बनाएको छ । गत आवमा बैंकको कर्जा लगानी २९ अर्ब ४९ करोड रुपैयाँ थियो । चालु आवमा बढाएर ३७ अर्ब १५ करोड १० लाख, आगामी आवमा ४४ अर्ब ३ करोड रुपैयाँ पुर्याउने छ ।

बैंकले ४० प्रतिशत हकप्रद निष्कासन गरेपछि चुक्तापुँजी ८ अर्ब रुपैयाँ पुग्ने छ । यस्तै संचित कोषमा भएको रकम पनि बढेर १ अर्ब ४१ करोड ६३ लाख रुपैयाँ पुग्ने छ । चालु आवमा बैंकको संचित कोषको आकार बढेर १ अर्ब १ करोड २४ लाख रुपैयाँ पुग्ने छ ।

 

Share News