एसबिआई बैंकको १५.४२ प्रतिशत बोनस पारित, संचालकमा बालकृष्ण श्रेष्ठ निर्वाचित

<p>काठमाडौं । नेपाल एसबिआई बैंकको १५.४२ प्रतिशत बोनस र ०.८१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित भएको छ । बैंक सञ्चालक समितिको उक्त प्रस्तावलाई बुधबार सम्पन्न कम्पनीको २४औँ वार्षिक साधारणसभाले पारित गरेको हो । सभाले बैंकको आ.व. २०७३/७४ को संचालक समितिको प्रतिवेदन, वासलात, नाफा नोक्सान बाँडफाँड हिसाव लगायतका वार्षिक आर्थिक विवरण पारित गरेको छ [&hellip;]</p>

काठमाडौं । नेपाल एसबिआई बैंकको १५.४२ प्रतिशत बोनस र ०.८१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित भएको छ । बैंक सञ्चालक समितिको उक्त प्रस्तावलाई बुधबार सम्पन्न कम्पनीको २४औँ वार्षिक साधारणसभाले पारित गरेको हो ।

सभाले बैंकको आ.व. २०७३/७४ को संचालक समितिको प्रतिवेदन, वासलात, नाफा नोक्सान बाँडफाँड हिसाव लगायतका वार्षिक आर्थिक विवरण पारित गरेको छ । बैंकले आ.व. २०७३/७४ मा २ अर्ब ३३ करोड रुपैयाँ संचालन मुनाफा र १ अर्ब ५२ करोड ३२ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।

उक्त साधारणसभाले सर्वसाधारण शेयरधनीको तर्फबाट संचालक समितीमा प्रतिनिधित्व गर्ने संचालकमा बालकृष्ण श्रेष्ठलाई निर्विरोध चयन गरेको छ ।

Share News