नेप्से २० अंकले ओरालो, सबै समूह राताम्मे

<p>काठमाडौं । सोमबारदेखि लगातार दुई दिन उकालो लागेको नेप्से परिसूचक बुधबार फेरि दोहोरो अंकले ओरालो लागेको छ । बजारमा नेप्से परिसूचक २०.६३ अंकले ओरालो लागेर १४१६ अंकमा पुगेको छ । बजारमा परिसूचक सँगै सेयर कारोबारमा पनि गिरावट आएको छ । बुधबार कुल १५५ कम्पनीको ४४ करोड ५५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । [&hellip;]</p>

काठमाडौं । सोमबारदेखि लगातार दुई दिन उकालो लागेको नेप्से परिसूचक बुधबार फेरि दोहोरो अंकले ओरालो लागेको छ । बजारमा नेप्से परिसूचक २०.६३ अंकले ओरालो लागेर १४१६ अंकमा पुगेको छ ।

बजारमा परिसूचक सँगै सेयर कारोबारमा पनि गिरावट आएको छ । बुधबार कुल १५५ कम्पनीको ४४ करोड ५५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन रकम अघिल्लो दिनको तुलनामा करिब २० करोड रुपैयाँ घटी हो ।

दोहोरो अंकले ओरालो लागेको बजारमा कारोबार भएका सबै समूहको परिसूचक राताम्मे भएका छन् । सबैभन्दा बढी बीमा समूहको परिसूचक १३४ अंकले ओरालो लागेको छ । त्यस्तै, होटल २९, माइक्रोफाइनान्स २६.६८, हाइड्रोपावर २६.०१, अन्य समूहको १९, विकास बैंकको १७ र बैंकिङ समूहको परिसूचक १६ अंकले ओरालो लागेका छन् ।

Share News