काठमाडौं । नेपाल स्टक एक्स्चेञ्जमा विभिन्न दुई कम्पनीको २ करोड ८६ लाख कित्ता सेयर सूचिकृत भएको छ । बुधबार नेप्सेले मेगा बैंक नेपाल र मेरो माइक्रोफाइनान्स वित्तीय संस्थाको हकप्रद र बोनस गरी सो मात्राको सेयर सूचिकृत गराएको हो ।
बुधबार मेगा बैंकको २ करोड ७९ लाख कित्ता हकप्रद सेयर सूचिकृत भएको छ । त्यस्तै, मेरो माइक्रोफाइनान्सको ६ लाख ६० हजार कित्ता बोनस सेयर नेप्सेमा थपिएको छ ।