काठमाडौं । बुधबार मात्रै जानकी फाइनान्स र गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्सको सेयर मूल्य समोयोजन भएको छ । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले यी दुबै कम्पनीको बोनस सेयर पछिको मूल्य समायोजन गरेको हो ।
जानकी फाइनान्सको १८ प्रतिशत बोनस पछिको मूल्य समायोजन भएको छ । समायोजन पछि यस संस्थाको सेयर मूल्य प्रतिकित्ता १८९ रुपैयाँ रहेको छ ।
त्यस्तै, गुहेश्वरी मर्चेन्ट बैंकको पनि १५.७९५ प्रतिशत बोनस पछिको सेयर मूल्य समायोजन भएको हो । समायोजन पश्चात यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता १६८ रुपैयाँ रहेको छ । जसको आधार मूल्य प्रतिकित्ता २०० रुपैयाँ रहेको थियो ।