परीक्षण उत्पादन सुरु भएकै दिन मिदीम आयोजना स्थानियबासीले बन्द गरे

<p>काठमाडौं । परीक्षण उत्पादन सुरु गरेको दिन स्थानियबासिन्दाले ३.३ मेगावाटको मिदीम साना जलविद्युत आयोजना बन्द गराएका छन् । मंगलबारदेखि परीक्षण उत्पादन थालेको मिदीमले स्कुल, स्वास्थ्य संस्था र खानेपानीलगायत अन्य पुर्वाधार निर्माण गर्नुपर्ने बन्द गराएका हुन् । उनीहरुले ५ करोड रुपैयाँ दिनुपर्ने माग राखेर युनियन हाइड्रोपावरले निर्माण गरेको आयोजनामा स्थानिबासिन्दाले बाँधबाट आयोजनास्थलमा पानी आपूर्ति बन्द गरिदिएका [&hellip;]</p>

काठमाडौं । परीक्षण उत्पादन सुरु गरेको दिन स्थानियबासिन्दाले ३.३ मेगावाटको मिदीम साना जलविद्युत आयोजना बन्द गराएका छन् ।

मंगलबारदेखि परीक्षण उत्पादन थालेको मिदीमले स्कुल, स्वास्थ्य संस्था र खानेपानीलगायत अन्य पुर्वाधार निर्माण गर्नुपर्ने बन्द गराएका हुन् । उनीहरुले ५ करोड रुपैयाँ दिनुपर्ने माग राखेर युनियन हाइड्रोपावरले निर्माण गरेको आयोजनामा स्थानिबासिन्दाले बाँधबाट आयोजनास्थलमा पानी आपूर्ति बन्द गरिदिएका छन् ।

१५ दिनको परीक्षण उत्पादनपछि आयोजनाको बिजुली राष्ट्रिय प्रणालीमा जोडिने तयारीमा थियो । स्थानियबासिन्दाले विभिन्न माग राखेर आयोजना बन्द गर्न लगाएको युनियनका अध्यक्ष किरण मल्लले बताए । “सानो आयोजनामा त यस्तो समस्या छ ठुलोको कस्तो होला ?” उनले भने ।

आयोजनाका कर्मचारीले समेत तलव नपाएको अवस्था रहेको उनले जानकारी दिए । “आयोजना सञ्चालनमा आयो अब बन्द गर्नुपर्छ भनेर एकहुल आएर उत्पादनमा अवरोध गरेका छन” उनले भने ।

आयोजनाको सुरुङ निर्माणलगायत विभिन्न कारणले लागत बढेको भन्दै उनले जानकारी दिए । सम्झौताअनुसार बिजुली उत्पादन ढिलाइ भएको भन्दै नेपाल विद्युत प्राधिकरणले युनियनलाई जरिवाना समेत लगाएको छ ।

Share News