अल्फानजाईमी लाइफ साइन्स इन्डियाको उत्पादनहरु नेपाली बजारमा

<p>काठमाडौं । भारतको ख्याति प्राप्त कम्पनी अल्फानजाईमी लाइफ साइन्स इन्डिया प्रा लिको नेपाल स्थित आधिकारिक विक्रेता अल्फान जाईमी लाइफसाइन्स नेपालद्धारा कम्पनीका उत्पादनहरु नेपाली बजारमा शुभारम्भ भएको छ । कम्पनीले विगत १२ वर्ष देखि विविध उत्पादनहरुमा प्रयोग हुने इन्जाइम्स(अर्गानिक स्टिमुलेट प्रडक्स) उत्पादन गर्दै आइरहेको छ । आइएसओ ९००१ः२००८, एफएसएसएआई, भेडिक अर्गानिक सर्टिफिकेट आदि प्राप्त कम्पनी आफ्ना [&hellip;]</p>

काठमाडौं । भारतको ख्याति प्राप्त कम्पनी अल्फानजाईमी लाइफ साइन्स इन्डिया प्रा लिको नेपाल स्थित आधिकारिक विक्रेता अल्फान जाईमी लाइफसाइन्स नेपालद्धारा कम्पनीका उत्पादनहरु नेपाली बजारमा शुभारम्भ भएको छ । कम्पनीले विगत १२ वर्ष देखि विविध उत्पादनहरुमा प्रयोग हुने इन्जाइम्स(अर्गानिक स्टिमुलेट प्रडक्स) उत्पादन गर्दै आइरहेको छ ।

आइएसओ ९००१ः२००८, एफएसएसएआई, भेडिक अर्गानिक सर्टिफिकेट आदि प्राप्त कम्पनी आफ्ना उत्पादनहरु भारत, अफ्रिका, साउथ इन्ट एसियाली मुलुकहरुमा निर्यात गर्दै आइरहेको छ । विशेष गरी कम्पनीद्वारा उत्पादित इन्जाइम्स चीनी उत्पादन, खाद्यतथा पेय पदार्थ प्रोशेसिङ, वेकरी, स्वास्थ्य, बायो फर्मास्युटीकल्स, कृषि, पशु पालन आदि क्षेत्रमा अर्गानिक तरिकाबाट उत्पादन बृद्धि गर्न प्रयोग गर्ने गरिन्छ ।

नेपाली बजारमा विशेष गरी चीनी कारखाना, पेय पदार्थ उत्पादक कम्पनी, औषधीजन्य उत्पादक कम्पनी, पशु खाद्य उत्पादक कम्पनी आदि क्षेत्रमा लोकप्रिय हुने विश्वास कम्पनीले लिएको छ ।

Share News