एनआईसी एसियाको ऋण पत्रमा उच्च ब्याजदरको प्रभाव, २ अर्ब १७ करोडको मात्रै आवेदन

<p>काठमाडौं । एनआईसी एसिया बैंकको ‘एनआईसी एशिया डिबेन्चर  २०८१/८२’ मा उच्च ब्याजदरको प्रभाव देखिएको छ । बैंकहरुले मुद्दति निक्षेपमा अल्पकालिन रुपमा उच्च ब्याजदर अफर गरेपछि एनआईसी एसिया बैंकको दीर्घकालिन ऋण पत्रमा लगानीकर्ता अनिच्छुक देखिएका हुन् । बैंकले ९ प्रतिशत ब्याजदरमा ७ बर्षका लागि ३ अर्बको ऋणपत्र निष्काशन गरेको थियो । प्रति कित्ता १ हजार दरका [&hellip;]</p>

काठमाडौं । एनआईसी एसिया बैंकको ‘एनआईसी एशिया डिबेन्चर  २०८१/८२’ मा उच्च ब्याजदरको प्रभाव देखिएको छ । बैंकहरुले मुद्दति निक्षेपमा अल्पकालिन रुपमा उच्च ब्याजदर अफर गरेपछि एनआईसी एसिया बैंकको दीर्घकालिन ऋण पत्रमा लगानीकर्ता अनिच्छुक देखिएका हुन् ।

बैंकले ९ प्रतिशत ब्याजदरमा ७ बर्षका लागि ३ अर्बको ऋणपत्र निष्काशन गरेको थियो । प्रति कित्ता १ हजार दरका ३० लाख कित्त ऋण पत्रका लागि चाँडोमा पुस १३ देखि १७ गतेसम्म आवेदन गर्न सकिने व्यवस्था थियो । तर सो अवधीमा जम्मा २ अर्ब १७ करोड मूल्य बराबरको ऋणपत्रका लागि मात्रै आवेदन परेको छ ।

‘चाँडोमा आवेदन गर्न भनिएको मितिमा २ अर्ब १७ करोडको आवेदन परेको छ, अब ढिलोमा आवेदन गर्न सकिने दिनसम्म कुर्नुपर्ने भएको छ’, नविल इन्भेष्टमेन्टका मर्चेण्ट बैंकिङ प्रमुख अनोज थापाले भने । अब बैंकले ढिलो गरि आवेदन दिन सकिने मिति अर्थात पुस २७ गतेसम्म आवेदक पर्खनुपर्ने भएको छ । बाणिज्य बैंकहरुले मुद्दति निक्षेपमा अल्पकालिन रुपामा १३ प्रतिशतसम्म पुर्याएपछि एनआईसी एसियाको ऋणपत्रमा कम आवेदन परेको हो ।

थप सामाचार

एनआईसी एशिया बैंक ऋणपत्रमा लगानी गर्दा हुने पाँच फाइदा

Share News