बैंक अफ काठमाण्डुको संस्थापक सेयर नपर्नेको रकम आजदेखि फिर्ता

<p>काठमाडौं । बैंक अफ काठमाण्डु लिमिटेडको संस्थापक सेयर किन्न नपाएका लगानीकर्ताको रकम आज मंगलबारदेखि फिर्ता हुने भएको छ । बैंकले यसअघि उल्लेख गरिएको खातामा रकम रकमान्तर गरिने जानकारी दिएको छ । बैंकको अधिकांश संस्थापक सेयर कर्मचारी संचय कोषले खरिद गरेको छ । बैंकले ६१ लाख ५८ हजार ६७ कित्ता संस्थापक सेयर बोलकबोलबाट बिक्रीका लागि खुला [&hellip;]</p>

काठमाडौं । बैंक अफ काठमाण्डु लिमिटेडको संस्थापक सेयर किन्न नपाएका लगानीकर्ताको रकम आज मंगलबारदेखि फिर्ता हुने भएको छ ।

बैंकले यसअघि उल्लेख गरिएको खातामा रकम रकमान्तर गरिने जानकारी दिएको छ । बैंकको अधिकांश संस्थापक सेयर कर्मचारी संचय कोषले खरिद गरेको छ ।

बैंकले ६१ लाख ५८ हजार ६७ कित्ता संस्थापक सेयर बोलकबोलबाट बिक्रीका लागि खुला गरेको थियो ।

करिव १० हजार कित्ता बाहेक सबै सेयर प्रतिकित्ता २५१ रुपैयाँमा संचय कोषले खरिद गरेको थियो ।

Share News