ब्याजदर नबढाउने बैंकको प्रतिवद्धताले सेयर बजारमा उछाल, एकैदिन ४४ अंकले बजार बढ्यो

<p>काठमाडौं । बैंकहरुले ब्याजदर नबढाउन भनेपछि यसको सकरात्मक असर सेयर बजारमा परेको छ ।सोमबार सेयर बजार ४४.२२ अंकले बढेको छ । आइतबार २४ अंकले घटेको बजार सोमबार झण्डै दोब्बर अंकले बढेको छ । स्थिर ब्याजदरले लगानीकर्तामा आशा जगाएको छ । बजार निरन्तर घटेर संकट आउने अवस्था आएपछि नेपाल इन्भेष्टर्स फोरमले आइतबार बैंकर्सलाई भेटी ब्याजदर नबढाउन आग्रह गरेको [&hellip;]</p>

काठमाडौं । बैंकहरुले ब्याजदर नबढाउन भनेपछि यसको सकरात्मक असर सेयर बजारमा परेको छ ।सोमबार सेयर बजार ४४.२२ अंकले बढेको छ ।

आइतबार २४ अंकले घटेको बजार सोमबार झण्डै दोब्बर अंकले बढेको छ । स्थिर ब्याजदरले लगानीकर्तामा आशा जगाएको छ । बजार निरन्तर घटेर संकट आउने अवस्था आएपछि नेपाल इन्भेष्टर्स फोरमले आइतबार बैंकर्सलाई भेटी ब्याजदर नबढाउन आग्रह गरेको थियो ।

नेपाल बैकर्स एसोसियसनको बैठकमा निक्षेपको ब्याज बढाउँदा यसको गम्भीर असर कर्जा लगानीमा पर्ने भन्दै केही समयका लागि स्थिर ब्याजदर राख्न आन्तरिक सहमति भएको थियो ।

बैंकले ब्याजदर बढाउदैनन् भन्ने मनोवैज्ञानिक असर लगानीकर्तामा परेको छ । सोमबार बजार बढ्नुमा बैंकले स्थिर ब्याजदर नै मुख्य कारण भएको फोरमा अध्यक्ष अम्बिकाप्रसाद पौडेल बताउछन् ।

सोमबार बैंक, वित्त, होटल, जलविद्युत, बीमा, उत्पादनमुलक र लघुवित्त सबैको सेयर मूल्य बढेको छ । बजार बढेपनि कारोबार रकम भने बढेको छैन् । सोमबार ४९ करोड ४३ लाख रुपैयाँको सेयर किनबेच भएको छ । अाइतबारकाे तुलनामा नेप्से परिसूचकमा सुधार अाएतापनि सेयर काराेबार भने गिरावट भएकाे छ । अाइतबारकाे बजारमा ५८ कराेडकाे सेयर किनबेच भएकाे थियाे ।

Share News