काठमाडौं । सोमबार मात्रै ज्योति विकास बैंक र ग्रीन डेभलपमेन्ट बैंकको सेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले एकैदिन यी दुई कम्पनीको बोनस र हकप्रद पछि मूल्य समायोजन गरेको हो ।
ज्योति विकास बैंकको १० प्रतिशत बोनस सेयर पछिको सेयर मूल्य समायोजन भएको छ । समायोजन पछि यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता १६२ रुपैयाँ रहेको छ । जसको आधारमूल्य प्रतिकित्ता १९७ रुपैयाँ रहेको थियो ।
त्यस्तै, नेप्सेले ग्रीन डेभलपमेन्ट बैंकको ४०० प्रतिशत हकप्रद सेयर पछिको सेयर मूल्य समायोजन गरेको छ । समायोजन पछि यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता १४७ रुपैयाँ रहेको छ ।