काठमाडौं । नेपाल बङ्गलादेश बैंकको इटहरी शाखाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत माया घर नेपाललाई बृद्धाश्रम निर्माणका लागि ५५ हजार ५५५ रुपैयाँ आर्थिक सहयोग गरेको छ । उक्त सहयोग रकम बराबरको चेक आज बैंकका शाखा प्रमुख बिष्णुराज रायमाझीले संस्थाका कोषाध्यक्ष शान्ता न्यौपानेलाई हस्तान्तरण गरेका हुन् ।

इटहरीमा सामाजिक कार्यका क्षेत्रमा सकृय महिला दिदी बहिनीहरुको अगुवाईमा स्थापित उक्त सामाजिक संस्था माया घर नेपाल ले इटहरी उपमहानगरपालिका वडा नं.२, हवाई चोकमा बृद्धाश्रम बनाउने उद्धेश्यले यहि मिति २०७४ साल पौष ८ गते देखि १५ गते सम्म श्रीमद् भागवत जीवनदर्शन ज्ञान महायज्ञ संचालन गरिरहेकोमा उक्त सहयोग बैंकका शाखा प्रमुखले सोही महायज्ञ स्थल गएर प्रदान गरेका हुन् ।