गोल्डस्टार जुत्ताको दुई नयाँ आधिकारिक सोरूम पुरानो बानेश्वर र कालिमाटीमा

<p>काठमाडौं । किरण सुज म्यानुफ्याक्चरर्स, गोल्डस्टार जुत्ताहरूको एकमात्र निर्माता तथा वितरक कम्पनीले पुरानो बानेश्वर र कालिमाटीमा नयाँ आधिकारिक सोरूमहरू उद्घाटन गरेको छ । सोलमेट्स इन्टरप्राइजेज, पुरानो बानेश्वर तथा फस्र्ट स्टेप इन्टरप्राइजेज, कालिमाटी गोल्डस्टार जुत्ताहरूको आधिकारिक फ्रान्चाइजी सोरूमहरू हुन् । किरण सुज म्यानुफ्याक्चर्सकी निर्देशक विदुषी राणाले भने, “गोल्डस्टार जुत्ताको प्रसिद्धी र चौतर्फी मागकाकारण हामीले ग्राहकहरूको आवश्यकतालाई [&hellip;]</p>

काठमाडौं । किरण सुज म्यानुफ्याक्चरर्स, गोल्डस्टार जुत्ताहरूको एकमात्र निर्माता तथा वितरक कम्पनीले पुरानो बानेश्वर र कालिमाटीमा नयाँ आधिकारिक सोरूमहरू उद्घाटन गरेको छ । सोलमेट्स इन्टरप्राइजेज, पुरानो बानेश्वर तथा फस्र्ट स्टेप इन्टरप्राइजेज, कालिमाटी गोल्डस्टार जुत्ताहरूको आधिकारिक फ्रान्चाइजी सोरूमहरू हुन् ।

किरण सुज म्यानुफ्याक्चर्सकी निर्देशक विदुषी राणाले भने, “गोल्डस्टार जुत्ताको प्रसिद्धी र चौतर्फी मागकाकारण हामीले ग्राहकहरूको आवश्यकतालाई बुझी नयाँ सोरूमहरू बनाउँदै आएका हौँ । अबका आउँदा दिनहरूमा पनि यस्तै सोरूमहरूबाट सेवा दिन हामीले नेपालभरि नै फ्रान्चाइजी सोरूमहरू स्थापना गर्ने लक्ष्य लिएका छौँ ।”

गोल्डस्टार जुत्ताका आधिकारिक सोरूमहरू यस अघि सिभिलमल, सुनधारा तथा ज्योतिभवन, जमलमा स्थापना भइसकेका छन् ।

नयाँ वर्ष २०१८को शुभकामना व्यक्त गर्दै किरण सुज म्यानुफ्याक्चरर्सले नयाँ जुत्ताहरू, नयाँ जमानाको फेसनसँग मिल्ने उत्पादनहरू आफ्नो फ्रान्चाइजी सोरूमहरूबाट बिक्री–वितरण गर्नेछ ।

Share News