जलविद्युत कम्पनीलाई आइपीओ निष्काशनमा कडाई, बोर्डले ल्यायो आधा दर्जन सर्त

<p>काठमाडौं । नेपाल धितोपत्र बोर्डले जलविद्युत कम्पनीलाई आइपीओ निष्काशन गर्न आधा दर्जन सर्त अघि सारेको छ । बोर्डले खराब वित्तिय अवस्था भएका जलविद्युत कम्पनीले समेत आइपीओ निष्काशन गर्न थालेको भन्दै सर्त अघि सारेको हो । बोर्डले कम्पनीको पछिल्लो लेखापरिक्षण भएको वित्तीय विवरण बमोजिम प्रति शेयर खुद सम्पत्ति प्रति शेयर अङ्कित मूल्यभन्दा कम भएका र सबैभन्दा न्यून रेटिङ्ग [&hellip;]</p>

काठमाडौं । नेपाल धितोपत्र बोर्डले जलविद्युत कम्पनीलाई आइपीओ निष्काशन गर्न आधा दर्जन सर्त अघि सारेको छ । बोर्डले खराब वित्तिय अवस्था भएका जलविद्युत कम्पनीले समेत आइपीओ निष्काशन गर्न थालेको भन्दै सर्त अघि सारेको हो । बोर्डले कम्पनीको पछिल्लो लेखापरिक्षण भएको वित्तीय विवरण बमोजिम प्रति शेयर खुद सम्पत्ति प्रति शेयर अङ्कित मूल्यभन्दा कम भएका र सबैभन्दा न्यून रेटिङ्ग प्राप्त गरेका कम्पनीलाई आइपीओ निष्कासनमा रोक लागएको हो ।

यस्ता छन् बोर्डले अघि सारेका सर्तहरु

१) सार्वजनिक निष्काशनका लागि तयार गरिने विवरण पत्रको मुख पृष्ठमा स्पष्ट देखिने गरी देहाय बमोजिमको विवरणहरु बक्समा प्रस्तुत गर्ने ।

क) सञ्चालन अवधि तीन वर्ष व्यतित भैसकेको अवस्थामा विगत तीन वर्षको र तीन वर्ष व्यतीत भैनसकेको अवस्थामा सञ्चालन अवधिभरको लेखापरीक्षण भएको वित्तीय विवरण बमोजिम प्रति शेयर खुद सम्पत्ति, प्रति शेयर आम्दानी ।

ख) जलविद्युत आयोजना भएमा प्रति मेगावाट लागत, विद्युत उत्पादन अनुमतिको बाँकी अवधि, लगानी फिर्ता हुने अवधि( पे ब्याक पेरियड)

ग) क्रेडिट रेटिङ्गको ग्रेड ।

२) प्रक्षेपित वित्तीय विवरण प्रमाणित गर्दा निष्काशन कर्ता संस्थाको लेखापरीक्षकले प्रक्षेपित वित्तीय विवरण ठिक रहेको भनी स्पष्ट रुपमा प्रमाणित गर्ने ।

३) संगठित संस्थाले विवरण पत्रमा प्रक्षेपण गरेको विवरणहरु तथा वास्तविकविवरण तुलनात्मक रुपमा बार्षिक प्रतिवेदनमा तालिकामा प्रस्तुत गर्नुपर्ने । साथै प्रक्षेपित विवरण भन्दा वास्तविकविवरण फरक पर्न गएमा सोको कारण खुलाई आफ्नो बार्षिक प्रतिवेदनमा प्रक्षेपित अवधिसम्म प्रत्येक बर्ष प्रस्तुत गर्नुपर्ने ।

४) धितोपत्रको सार्वजनिक निष्काशनका लागि तयार गरिने विवरण पत्र निष्काशन कर्ता कम्पनीको वेभसाइटमा कम्तिमा वित्तीय विवरण प्रक्षेपण गरिएको अवधिसम्म अनिवार्यरुपमा राख्नुपर्ने, निष्काशन तथा विक्री प्रबन्धकको वेभसाइटमा धितोपत्रको बाँडफाँट नभएसम्म राख्नुपर्ने र आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाको अनलाइन आवेदन गर्ने स्थानमा विवरण पत्रको लिङ्क निष्काशन अवधि भरी राख्ने ।

५) सर्वसाधारण लगानीकर्ताले धितोपत्रको सार्वजनिक निष्काशनमा लिखित वा विद्युतीय माध्यमबाट आवेदन दिंदा अनिवार्य रुपमा उक्त निष्काशनको लागि तयार गरेको विवरण पत्र पढी आफ्नो स्वविवेकले दरखास्त दिएको हो भन्ने उद्घोषण गराउने व्यवस्था गर्ने ।
६) क्रेडिट रेटिङ्ग कम्पनीले सार्वजनिक निष्काशन गर्ने धितोपत्रलाई न्यून ग्रेड प्रदान गरेमा र सङ्गठित संस्थाको पछिल्लो लेखा परिक्षण भएको वित्तीय विवरण बमोजिम प्रति शेयर खुद सम्पत्ति प्रति शेयर अङ्कित मूल्य भन्दा कम भएमा त्यस सम्बन्धी विवरण निष्काशन कर्ता कम्पनीले सार्वजनिक निष्काशनको लागि प्रकाशन गर्ने आह्वान पत्रलगायत अन्य सूचनाहरुमा स्पष्ट देखिने गरी ठूलो अक्षरमा उल्लेख गर्नुपर्ने ।

Share News