नेप्से परिसूचक २४ अंकले ओरालो, होटल बाहेक सबै सूचक राताम्मे

<p>काठमाडौं । आइतबारको नेप्से परिसूचक २४ अंकल ओरालो लागेर १३९०.५८ अंकमा अडेको छ । कारोबार खुलेको करिब २ घण्टामा करिब ३० अंकले घटेको बजार त्यसपछिको कारोबारमा भने परिसूचकलाई केही टेवा पुगेको हो । दोहोरो अंकले घटेको बजारमा ५८ करोड ७८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो दिन कुल १५८ कम्पनीको १८ लाख [&hellip;]</p>

काठमाडौं । आइतबारको नेप्से परिसूचक २४ अंकल ओरालो लागेर १३९०.५८ अंकमा अडेको छ । कारोबार खुलेको करिब २ घण्टामा करिब ३० अंकले घटेको बजार त्यसपछिको कारोबारमा भने परिसूचकलाई केही टेवा पुगेको हो ।

दोहोरो अंकले घटेको बजारमा ५८ करोड ७८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो दिन कुल १५८ कम्पनीको १८ लाख २५ हजार कित्ता सेयर किनबेच भएका छन् ।

आइतबार होटल समूह बाहेक अन्य समूहका परिसूचक राताम्मे भएका छन् । सो दिन बीमा समूहको ८३, अन्य समूहको ५५, माइक्रोफाइनान्सको ३७, विकास बैंक र बैंकिङको १६/१६ अंकले र हाइड्रोको १२ अंकले परिसूचक ओरालो लागेका हुन् । होटल समूहको भने सामान्य ४ अंकले बजार उकालो लागेको छ ।

दोहोरो अंकले घटेको बजारमा सबैभन्दा बढी पोखरा फाइनान्सका लगानीकर्ताले ५ प्रतिशत कमाएका छन् । सबैभन्दा बढी नेपाल दुरसञ्चार कम्पनीका लगानीकर्ताले करिब ७ प्रतिशत गुमाएका छन् ।

Share News