सेयर बजारमा सुधार आएन, ३० अंकले घट्यो

<p>काठमाडौं । निरन्तर घटिरहेको सेयर बजार आजपनि ओरालो लागेको छ । अहिलेसम्म बजार ३० अंक घटेर १ हजार ३८४ मा झरेको छ । आइतबार सबै क्षेत्रको सेयर मूल्य घटेर राताम्य भएको छ । बजार घटेपनि २४ करोड ५७ लाख रुपैयाँको कारोबार भएको छ । हालसम्म बजार २ प्रतिशत घटिसकेको छ । सबैभन्दा बढी कारोबार नेपाल [&hellip;]</p>

काठमाडौं । निरन्तर घटिरहेको सेयर बजार आजपनि ओरालो लागेको छ ।

अहिलेसम्म बजार ३० अंक घटेर १ हजार ३८४ मा झरेको छ । आइतबार सबै क्षेत्रको सेयर मूल्य घटेर राताम्य भएको छ ।

बजार घटेपनि २४ करोड ५७ लाख रुपैयाँको कारोबार भएको छ । हालसम्म बजार २ प्रतिशत घटिसकेको छ ।

सबैभन्दा बढी कारोबार नेपाल क्रेडिट एन्ड कमर्श (एनसीसी) बैंकको भएको छ । प्रतिकित्ता २ सय रुपैयाँमा एनसीसीको संस्थापक सेयर कारोबार भएको छ ।

Share News