काठमाडौं- राष्ट्रपति विद्यादेविभण्डारीद्वारा राष्ट्रिय सभासम्बन्धी अध्यादेश २०७४ प्रमाणिाकरण भएको छ। शुक्रबार भण्डारीले उक्त अध्यादेशलाई प्रमाणिकरण गरेकी हुन् ।

अब राष्ट्रिय सभा सदस्य निर्वाचन एकल संक्रमणिय निर्वाचन प्रणालिद्वारा नै हुने निश्चित भएको छ।
गत कात्तिकमा सरकारले राष्ट्रिय सभा निर्वाचन सम्वन्धी अध्यादेश जारी गरेको थियो। सत्ता पक्ष कांग्रेस र प्रमुख विपक्षी एमालेबीच एकल संक्रमणीय मत प्रणाली राख्ने वा नराख्ने विवाद जारी रहँदा संसदको अन्तिम बैठकसम्म पनि राष्ट्रिय सभा निर्वाचन सम्वन्धी विधेयक कार्यसूचीमा राख्दै हटाईदै आएको थियो।
संसदको अवधी सकिएपछि सरकारले सोमबार चिकित्सा शिक्षा अध्यादेश पारित गरेको सार्वजनिक गरे पनि संगै पारित गरिएको राष्ट्रिय सभा निर्वाचन सम्वन्धी अध्यादेशको बारेमा जानकारी दिएको थिएन। दुवै विधेयक संसदबाट पारित हुन सकेका थिएनन ।
अहिले जारी गरिएको अध्यादेशमा एकल संक्रमणीय मत प्रणालीकै प्रावधान राखिएको छ।