तीन वटा निर्जीवन बीमा कम्पनीलाई अर्काे साता लाइसेन्स

<p>काठमाडौं । तीन वटा नयाँ निर्जीवन बीमा कम्पनीहरुले अर्काे साता लाइसेन्स पाउने भएका छन् । बीमा समितिले आवश्यक प्रक्रिया पुरा गरेका सानिमा इन्स्योरेन्स, अजोड इन्स्योरेन्स र नेपाल जनरल इन्स्योरेन्स कम्पनीलाई अर्काे साता लाइसेन्स दिने तयार गरेको हो । ‘तीन वटा कम्पनीले रकम जम्मा गर्ने लगायतका सबै काम सम्पन्न गरिसकेका छन्, एक साताभित्रै लाइसेन्स दिने तयारी [&hellip;]</p>

काठमाडौं । तीन वटा नयाँ निर्जीवन बीमा कम्पनीहरुले अर्काे साता लाइसेन्स पाउने भएका छन् । बीमा समितिले आवश्यक प्रक्रिया पुरा गरेका सानिमा इन्स्योरेन्स, अजोड इन्स्योरेन्स र नेपाल जनरल इन्स्योरेन्स कम्पनीलाई अर्काे साता लाइसेन्स दिने तयार गरेको हो ।

‘तीन वटा कम्पनीले रकम जम्मा गर्ने लगायतका सबै काम सम्पन्न गरिसकेका छन्, एक साताभित्रै लाइसेन्स दिने तयारी भैरहेको छ’, बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाँईले विकासन्युजसँग भने ।

ती कम्पनीहरुलाई बीमा समितिले पुस ७ गतेभित्र आवश्यक रकम जम्मा गर्न भनेको थियो । सोही अनुसार सानिमा, अजोड र नेपाल जनरलले एक अर्ब चुक्ता पुँजीको ७० प्रतिशत अर्थात ७० करोड रुपैंयाँ जम्मा गरेका हुन् । कम्पनीहरुले ५५ करोड रुपैंयाँ बाणिज्य बैंकमा जम्मा गरेर बीमा समितिलाई एयरमार्क गर्नुपर्ने व्यवस्था छ भने बाँकी १५ करोड रुपैंयाँ चल्तीखातामा राख्नुपर्ने हुन्छ ।

बीमा समितिले गत असोज ८ गते तीन वटा नयाँ निर्जीवन बीमा कम्पनीलाई सेवा सञ्चालनका लागि आसयपत्र दिँदै पुस ७ गतेभित्र प्रक्रिया पुरा गर्न भनेको थियो ।
लगानीको श्रोत खुलाउन नसकेपछि मनकामना इन्स्योरेन्सले भने आसय पत्र नै पाउन सकेको थिएन् ।

 

Share News