लुम्बिनी विकास बैंकले हकप्रद सेयर निष्कासन पायो अनुमति

<p>काठमाडौं । लुम्बिनी विकास बैंकले हकप्रद सेयर निष्कासन गर्न अनुमति पाएको छ । धितोपत्र बोर्डले बिहीबार लुम्बिनीलाई १० बराबर १ अनुपातमा हकप्रद सेयर निष्कासन गर्न अनुमति दिएको हो । चुक्तापुँजी बढाउन बैंकले २० करोड रुपैयाँ बराबरको २० लाख कित्ता हकप्रद निष्कासन गर्न लागेको हो । राष्ट्रियस्तरको विकास बैंक हुन लुम्बिनीले साढे २ अर्ब रुपैयाँ चुक्तापुँजी [&hellip;]</p>

काठमाडौं । लुम्बिनी विकास बैंकले हकप्रद सेयर निष्कासन गर्न अनुमति पाएको छ ।

धितोपत्र बोर्डले बिहीबार लुम्बिनीलाई १० बराबर १ अनुपातमा हकप्रद सेयर निष्कासन गर्न अनुमति दिएको हो ।

चुक्तापुँजी बढाउन बैंकले २० करोड रुपैयाँ बराबरको २० लाख कित्ता हकप्रद निष्कासन गर्न लागेको हो ।

राष्ट्रियस्तरको विकास बैंक हुन लुम्बिनीले साढे २ अर्ब रुपैयाँ चुक्तापुँजी पुर्याउनु पर्ने छ । बैंकको चुक्तापुँजी २ अर्ब रुपैयाँ बढी छ ।

Share News