बुधबारको सेयर कारोबार रद्द गर्न लगानीकर्ताको माग, आंशिक कारोबार रद्द गर्ने नेप्सेको तयारी

<p>&nbsp; काठमाडौं । बुधबार भएको नेपाल टेलिकमको सेयर कारोबार आंशिक रद्द हुने भएको छ । लगानीकर्ताले बुक क्लोज सम्बन्धी गलत सूचना प्रवाह गरेर डुवाएको भन्दै उजुरी गरेपछि नेपाल स्टक एक्सचेन्ज (नेप्से) लिमिटेडले टेलिकमको बुधबारको कारोबार रद्ध गर्ने भएको हो । सुचना सार्वजनिक हुनुअघि भएको कारोबार रद्द हुनुपर्ने देखिएको नेप्सेका कार्यकारी निर्देशक चन्द्रसिंह साउदले बताए । [&hellip;]</p>

 

काठमाडौं । बुधबार भएको नेपाल टेलिकमको सेयर कारोबार आंशिक रद्द हुने भएको छ ।

लगानीकर्ताले बुक क्लोज सम्बन्धी गलत सूचना प्रवाह गरेर डुवाएको भन्दै उजुरी गरेपछि नेपाल स्टक एक्सचेन्ज (नेप्से) लिमिटेडले टेलिकमको बुधबारको कारोबार रद्ध गर्ने भएको हो ।

सुचना सार्वजनिक हुनुअघि भएको कारोबार रद्द हुनुपर्ने देखिएको नेप्सेका कार्यकारी निर्देशक चन्द्रसिंह साउदले बताए । उनले बुधबारको आँशिक कारोबार रद्ध हुने जानकारी दिए ।

यता धितोपत्र बोर्डले नेपाल टेलिकमसँग स्पष्टीकरण माग्ने भएको छ । टेलिकमले पुस ९ गते सूचना प्रकाशित गरेर पुस १२ गतेदेखि बुक क्लोज गर्ने भनेको थियो ।

तर नेपाल स्टक एक्सचेञ्जले बुक क्लोजको सूचना एक हप्ता अघि नै प्रकाशित गर्नुपर्ने व्यवस्था कार्यान्वयन गर्न भनेपछि टेलिकमले पुस १२ गते नेप्सेलाई पत्र लेखेर १६ गतेदेखि मात्रै बुक क्लोज गर्ने जानकारी गराएको थियो ।

१२ गते बुक क्लोज हुने भन्दै सेयर बेचेका लगानी कर्तालाई अन्याय भएको भन्दै बोर्डले टेलिकमलाई पत्र काट्न लागेको हो । ‘आजै टेलिकमलाई पत्र लेखेर खास के भएको हो, त्यसको विवरण माग्दैछौं, त्यसपछि थप अध्ययन हुन्छ’, धितोपत्र बोर्डका प्रवक्ता निरज गिरीले विकासन्युजसँग भने ।

Share News