बुक क्लोजको गलत सूचनाबारे टेलिकमलाई धितोपत्र बोर्डको पत्र

<p>काठमाडौं । बुक क्लोज सम्बन्धी गलत सूचना प्रवाह गरेको भन्दै नेपाल धितोपत्र बोर्डले नेपाल टेलिकमसँग स्पष्टीकरण माग्ने भएको छ । बोर्डले पत्र लेखेरै टेलिकमसँग स्पष्टीकरण माग्न लागेको हो । टेलिकमले पुस ९ गते सूचना प्रकाशित गरेर पुस १२ गतेदेखि बुक क्लोज गर्ने भनेको थियो । तर नेपाल स्टक एक्सचेञ्जले बुक क्लोजको सूचना एक हप्ता अघि [&hellip;]</p>

काठमाडौं । बुक क्लोज सम्बन्धी गलत सूचना प्रवाह गरेको भन्दै नेपाल धितोपत्र बोर्डले नेपाल टेलिकमसँग स्पष्टीकरण माग्ने भएको छ । बोर्डले पत्र लेखेरै टेलिकमसँग स्पष्टीकरण माग्न लागेको हो ।

टेलिकमले पुस ९ गते सूचना प्रकाशित गरेर पुस १२ गतेदेखि बुक क्लोज गर्ने भनेको थियो । तर नेपाल स्टक एक्सचेञ्जले बुक क्लोजको सूचना एक हप्ता अघि नै प्रकाशित गर्नुपर्ने व्यवस्था कार्यान्वयन गर्न भनेपछि टेलिकमले पुस १२ गते नेप्सेलाई पत्र लेखेर १६ गतेदेखि मात्रै बुक क्लोज गर्ने जानकारी गराएको थियो ।

१२ गते बुक क्लोज हुने भन्दै सेयर बेचेका लगानी कर्तालाई अन्याय भएको भन्दै बोर्डले टेलिकमलाई पत्र काट्न लागेको हो । ‘आजै टेलिकमलाई पत्र लेखेर खास के भएको हो, त्यसको विवरण माग्दैछौं, त्यसपछि थप अध्ययन हुन्छ’, धितोपत्र बोर्डका प्रवक्ता निरज गिरीले विकासन्युजसँग भने ।

Share News