महालक्ष्मी विकास बैंकले सेयर कर्जा लिन बोलायो, ११.९९ प्रतिशतमा ३ दिनभित्र दिने

<p>&nbsp; काठमाडौं । वाणिज्य बैंकहरुले भन्दा महालक्ष्मी विकास बैंकले सस्तो दरमा सेयर कर्जा दिने भएको छ । वाणिज्य बैंकहरुले न्युनतम १२ देखि १५ प्रतिशतसम्म सेयर कर्जा दिने योजना ल्याइरहेका बेला महालक्ष्मीले ११.९९ प्रतिशत ब्याजमा सेयर कर्जा दिने भएको छ । काम सुरु गरेको ३ दिनभित्र कर्जा पाइने महालक्ष्मीले जनाएको छ । १ वर्षका लागि बैंकले [&hellip;]</p>

 

काठमाडौं । वाणिज्य बैंकहरुले भन्दा महालक्ष्मी विकास बैंकले सस्तो दरमा सेयर कर्जा दिने भएको छ ।

वाणिज्य बैंकहरुले न्युनतम १२ देखि १५ प्रतिशतसम्म सेयर कर्जा दिने योजना ल्याइरहेका बेला महालक्ष्मीले ११.९९ प्रतिशत ब्याजमा सेयर कर्जा दिने भएको छ ।

काम सुरु गरेको ३ दिनभित्र कर्जा पाइने महालक्ष्मीले जनाएको छ । १ वर्षका लागि बैंकले महालक्ष्मी सेयर कर्जा योजना ल्याएको हो । व्यक्ति तथा संस्थालाई कर्जा दिने बैंकले जानकारी दिएको छ ।

यसअघि सिभिल बैंकले १२ प्रतिशत ब्याजमा सेयरधितो कर्जा ल्याएको थियो । सानिमा बैंकले १५ प्रतिशत घटी सेयर कर्जा नदिने जानकारी दिएको छ ।

पछिल्लो समयमा सेयर बजार घट्न थालेपछि यसलाई बढाउन बैंकहरुले योजनाका साथ सेयर कर्जा योजना ल्याएका हुन् ।

Share News