चीनको हुवाजिनले सिमेन्टमा १५ अर्ब लगानी ल्याउने, बोर्ड र कम्पनीबीच प्रारम्भिक सम्झौता

<p>काठमाडौं ।  चीनियाँ कम्पनी हुवासिनले नेपालमा सिमेन्ट उत्पादनमा १५ अर्ब रुपैयाँ लगानी गर्ने भएको छ । नेपालमा ३ हजार टन सिमेन्ट उत्पादन गर्नेगरी लगानी बोर्ड र चीनको हुवासिन सिमेन्ट कम्पनीबीच बुधबार प्रारम्भीक आयोजना लगानी सम्झौता भएको छ । बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) महाप्रसाद अधिकारी र हुवाजिनका तर्फबाट वाह्य लगानी निर्देशक लिउ ज्याङगावोले प्रारम्भीक मस्र्यौदामा [&hellip;]</p>

काठमाडौं ।  चीनियाँ कम्पनी हुवासिनले नेपालमा सिमेन्ट उत्पादनमा १५ अर्ब रुपैयाँ लगानी गर्ने भएको छ । नेपालमा ३ हजार टन सिमेन्ट उत्पादन गर्नेगरी लगानी बोर्ड र चीनको हुवासिन सिमेन्ट कम्पनीबीच बुधबार प्रारम्भीक आयोजना लगानी सम्झौता भएको छ ।

बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) महाप्रसाद अधिकारी र हुवाजिनका तर्फबाट वाह्य लगानी निर्देशक लिउ ज्याङगावोले प्रारम्भीक मस्र्यौदामा हस्ताक्षर गरेका छन् । हुवासिनले ह्वासिन सिमेन्ट नारायणी प्रालि उद्योग स्थापना गरिसकेको छ ।

मस्र्यौदा सञ्चालक समितिबाट पारित भएपछि औपचारिक रुपमा दुई संस्थाबीच लगानी सम्झौता हुने छ । हुवाजिनले सिमेन्ट कारखाना स्थापना गर्न १५ अर्ब रुपैयाँ लगानी चीनबाट ल्याउने भएको छ ।

दैनिक ३ हजार टन सिमेन्ट उत्पादन गर्ने उद्योगको लक्ष्य रहेको छ । कम्पनीले प्रतिस्पर्धाबाट ६० करोडमा धादिङको पानीखर्क चुनढुङा खानी खरिद गरिसकेको छ । सिमेन्टमा लगानी गर्ने तयारीमा रहेको हुवाजिन दोसो चिनियाँ उद्योग हो । ह्वासिनले आयोजना लागतको ०.२ प्रतिशत अर्थात ३ करोड रुपैयाँ दस्तुर बुझाउने छ ।

होङसीले दैनिक ६ हजार टन सिमेन्ट उत्पादन गर्न कारखाना निर्माण गरिरहेको छ । आउदो फागुन अन्तिमसम्म होङसीले सिमेन्ट उत्पादन थाल्ने छ । होङसीले ३६ अर्ब रुपैयाँ लगानी गरेको छ ।

Share News