काठमाडौं । सेयर बजारमा गिरावट आएका बेला लगानीकर्ताका ध्यान संस्थापक (प्रमोटर) सेयर खरिदतर्फ गएको छ । बुधबार २१ अंकले सेयर बजार घटेका बेला नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रतिकित्ता १ हजार १ सय रुपैयाँमा १ लाख कित्ता सेयर प्रमोटर सेयर किनबेच भएको छ ।

नेपाल लाइफको प्रोमटर सेयर किनबेचले बुधबारको सेयर कारोबार बढाएको हो । नेपाल लाइफको सेयर मूल्य १ हजार ७५२ रुपैयाँ छ । आधा मूल्यमा सेयर प्रमोटर सेयर किनबेच हुने गरेकोमा नेपाल लाइफको साधारण भन्दा २२४ रुपैयाँमा भन्दा बढी मूल्यमा किनबेच भएको छ ।
नेपाल लाइफको प्रमोटर सेयर मात्रै १० करोड ९९ लाख ५८ हजार रुपैयाँ रहेको छ । कुल ८ वटा कारोबारमा २८ नम्बर ब्रोकरले सेयर बेचेको र १७ नम्बरले सेयर खरिद गरेको देखाएको छ । दुबै कम्पनी मारवाडी समुदायको हो । बुधबार ७६ करोड ५७ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।
सेयर बजार बढेका बेला प्रमोटर सेयरको किनबेच हुने गरेको एक ब्रोकरले बताए । साधारण सेयरको आधा मूल्यमा किन्न पाइने र प्रतिफल उतिनै पाइने भएपछि बजार घटेका बेला लगानीकर्ताको आर्कषण प्रमोटर सेयरमा हुने ती ब्रोकरको भनाई छ । मारवाडी व्यवसायीले नेपाल लाइफको प्रमोटर सेयर खरिद गरेको स्रोतको भनाई छ ।
यस्तै स्ट्याण्डर्ड चाटर्ड बैंकको प्रतिकित्ता १ हजार ९५५ रुपैयाँमा १० करोड ७४ लाख रुपैयाँको सेयर किनबेच भएको छ । स्ट्याण्डर्डले चुक्तापुँजी बढाउन सत्प्रतिशत बोनस सेयर दिने घोषणा गरेपछि कारोबार बढेको छ ।