१ जिल्ला कारोबार गर्ने विकास बैंक र वित्त कम्पनीलाई पुँजी बढाउन २ वर्ष म्याद थप

<p>काठमाडौं । नेपाल राष्ट्र बैंकले एक जिल्लामा वित्तीय कारोबार गरिरहेका विकास बैंक वित्त कम्पनीलाई चुक्तापुँजी वृद्धिको समय २ वर्ष थपेको छ । केन्द्रीय बैंकले एक निर्देशन जारी गरी ०७६ को पुससम्म चुक्तापुँजी नपुर्याए कार्वाही गर्ने चेतावनी दिएको छ । वाणिज्य बैंक, विकास बैंक र राष्ट्रियस्तरका वित्त कम्पनीले गत आर्थिक वर्ष ०७३/०७४ भित्र पुँजी पुर्याउनु पर्ने [&hellip;]</p>

काठमाडौं । नेपाल राष्ट्र बैंकले एक जिल्लामा वित्तीय कारोबार गरिरहेका विकास बैंक वित्त कम्पनीलाई चुक्तापुँजी वृद्धिको समय २ वर्ष थपेको छ ।

केन्द्रीय बैंकले एक निर्देशन जारी गरी ०७६ को पुससम्म चुक्तापुँजी नपुर्याए कार्वाही गर्ने चेतावनी दिएको छ ।

वाणिज्य बैंक, विकास बैंक र राष्ट्रियस्तरका वित्त कम्पनीले गत आर्थिक वर्ष ०७३/०७४ भित्र पुँजी पुर्याउनु पर्ने थियो ।

अधिकाँश बैंक तथा वित्तीय संस्थाले चुक्तापुँजी बढाउन बोनस सेयर, हकप्रद सेयर र थप निष्कासन (एफपीओ) जारी गरेका छन् ।

Share News