सानिमा इक्विटी फन्ड अावेदन गर्ने सबैलार्इ बाँडफाँड, लगानीकर्ताले १०० प्रतिशत पाए

<p>काठमाडौं ।  सानिमा क्यापिटलले निष्काशन गरेकाे सानिमा इक्विटी फन्ड बाँडफाँड भएको छ । फन्डको इकाई कुल २१ हजार १३५ जना लगानीकर्ताले पाएका छन् । सानिमा इक्विटी फन्डले मंसिर १२ देखि २२ गतेसम्म १२ करोड इकाई बिक्री खुला गरेको थियो । यसमा माग भन्दा बढी आवेदन परेपछि इकाई थप गरी २१ हजार १३५ जना लगानीकर्तालाई बाँडफाँट [&hellip;]</p>

काठमाडौं ।  सानिमा क्यापिटलले निष्काशन गरेकाे सानिमा इक्विटी फन्ड बाँडफाँड भएको छ । फन्डको इकाई कुल २१ हजार १३५ जना लगानीकर्ताले पाएका छन् ।

सानिमा इक्विटी फन्डले मंसिर १२ देखि २२ गतेसम्म १२ करोड इकाई बिक्री खुला गरेको थियो । यसमा माग भन्दा बढी आवेदन परेपछि इकाई थप गरी २१ हजार १३५ जना लगानीकर्तालाई बाँडफाँट गरिएको कोष व्यवस्थापक सानिमा क्यापिटलले जनाएको छ ।

यी लगानीकर्ताले माग गरे बमोजिम शतप्रतिशत इकाई हात पारेका छन् । सानिमाले सामूहिक लगानी कोष नियमावली २०६७ ले गरेको २५% सम्म इकाई थप गर्न पाउने व्यवस्था बमोजिम कुल जारी इकाईमा १ करोड इकाई थप गरेको हो ।

सानिमा क्यापिटलको कोष व्यवस्थापनमा सञ्चालित यो पहिलो म्युचुअल फन्ड हो ।

Share News