नेप्से २० अंकले घट्यो, लगानीकर्ता झुम्मिए नेपाल टेलिकम र स्ट्याण्डर्ड चार्टर्ड बैंकको सेयरमा

<p>काठमाडौं । मंगलबार नेप्से २० अंकले घटेको छ । दुई सातासम्म निरन्तर ओरालो लागेको नेप्से १५२० बाट ७३ अंक गिरेर मंगलबार १४४७ अंकमा झरेको छ । बजार घट्दा पनि नेपाल टेलिकमको सेयर मूल्य प्रतिकित्ता ७ रुपैयाँले बढेर ८५७ रुपैयाँ पुगेको छ । माहुली सामुदायिक लघुवित्तको सेयर प्रतिकित्ता २४१ रुपैयाँले बढेर २६५५ रुपैयाँ पुगेको छ । [&hellip;]</p>

काठमाडौं । मंगलबार नेप्से २० अंकले घटेको छ । दुई सातासम्म निरन्तर ओरालो लागेको नेप्से १५२० बाट ७३ अंक गिरेर मंगलबार १४४७ अंकमा झरेको छ ।

बजार घट्दा पनि नेपाल टेलिकमको सेयर मूल्य प्रतिकित्ता ७ रुपैयाँले बढेर ८५७ रुपैयाँ पुगेको छ । माहुली सामुदायिक लघुवित्तको सेयर प्रतिकित्ता २४१ रुपैयाँले बढेर २६५५ रुपैयाँ पुगेको छ । नेप्से १.४१ प्रतिशतले घट्दा महुलीको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ ।
अन्य समूहबाहेक सबै समूहको परिसूचक घटेको छ । बीमा समूहको परिसूचक १३८ अंकले घट्दा बैक समूहको परिसूचक १८ अंकले घटेको छ ।

बुधबार ५४ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । कारोबार रकम र कारोबार भएको सेयर संख्या दुबैको आधारमा स्टयाण्डर्ड चार्टर्ड बैंक र नेपाल टेलिकमको सेयर सबैभन्दा बढी कारोबार भएको छ । टेलिकमको सेयर मूल्य ७ रुपैयाँँले बढेको छ भने स्टयाण्डर्ड चार्टर्ड बैंकको सेयर मूल्य ६७ रुपैयाँले घटेको छ । मूल्य घटे पनि बढे पनि लगानीकर्ता यी दुई कम्पनीको सेयरमा झुम्मिएका छन् ।

स्ट्याण्डर्ड चार्टर्ड बैंकले १०० प्रतिशत बोनस सेयर दिँदैछ भने नेपाल टेलिकमले ५५ प्रतिशत नगद लाभांश दिदैछ ।

सेयरको आपूर्तिमा वृद्धिका साथै व्याजदरमा आएको वृद्धिले सेयर बजार निरन्तर घटिरहेको देखिएको छ । वाम गठबन्धनले निर्वाचन जितेपछिको राजनीतिक तरङ्क र सरकार गठनमा भएको विवादले पनि बजारलाई नकारात्मक असर परेको लगानीकर्ताहरु बताउँछन् ।

Share News