चीनले समुन्द्रमा बनायो ५५ किलोमिटर लामो पुल, नेपालका डाँडामाथी रेल कहिले ?

<p>काठमाडौं । चीनले समुन्द्रमाथी ५५ किलोमिटर लामो समुन्द्री पुल तयार पारेको छ । सन २०११ बाट निर्माण आरम्भ गरिएको पुल सन २०१८ को पहिलो दिन उद्घाटन गर्न लागिएको हो । यो पुलले हङकङ–मकाउ–झुवाई प्रान्त जोड्नेछ । यो संसारकै लामो पुल हो र यसमा ४ लाख २० हजार मेट्रिकटन स्टिल प्रयोग गरिएको छ । यो पुलमा [&hellip;]</p>

काठमाडौं । चीनले समुन्द्रमाथी ५५ किलोमिटर लामो समुन्द्री पुल तयार पारेको छ । सन २०११ बाट निर्माण आरम्भ गरिएको पुल सन २०१८ को पहिलो दिन उद्घाटन गर्न लागिएको हो ।

यो पुलले हङकङ–मकाउ–झुवाई प्रान्त जोड्नेछ । यो संसारकै लामो पुल हो र यसमा ४ लाख २० हजार मेट्रिकटन स्टिल प्रयोग गरिएको छ । यो पुलमा प्रयोग गरिएको स्टिलले ६० वटा आइफिल टावर बनाउन पुग्ने दावी चिनियाँहरुले गरेका छन् ।

सन २०१६ मै निर्माण सम्पन्न गरेर सञ्चालन गर्ने भनिएको यो पुल केहि समय भ्रष्टाचार मुद्धामा परेपछि एक बर्ष लम्बिएको थियो । यो पुलको निर्माण चीन, हङकङ र मकाउले मिलेर गरेका हुन् ।

पुल सञ्चालनमा आएपछि हङकङ–मकाउ–झुवाई प्रान्तको यात्रा एक घण्टामै खुम्चिनेछ । सन २०१८ भित्रै ग्वाञ्जाओ–सेनजेन–हङकङ क्रसबोर्डर एक्सप्रेस रेलवे नेटवर्क पनि सम्पन्न हुने चिनियाँ सञ्चार माध्यमहरुले जनाएका छन् ।

यो पुलले ८ म्याग्नीच्युटको भूकम्प थेग्न सक्छ भने ३ लाख टनको कार्गाे आवतजावत गर्न सक्छ । १८.८ माइल पानीमाथी निर्माण भएको छ भने ४.३ माइल पानी मुनी सुरुङमा निर्माण भएको छ ।

यो पुलको निर्माण लागत ११५.९ बिलियन युआन(चिनियाँ मुद्रा) लागेको प्रारम्भिक प्रक्षेपण गरिएको छ । चीनले समुन्द्रमा पुल बनाएसँगै नेपालका डाँडापाखामा पनि पुल बनाएर रेल गुडाउन सकिने सम्भावनालाई उजागर गरेको छ ।

Share News