टेकओभर गर्ने चेतावनीपछि यूनाईटेड इन्स्योरेन्सले साधारणसभा बोलायो, सेयरधनीको हात रित्तै

<p>काठमाडाैं । बीमा समितिले युनाइटेड इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडलाई समस्याग्रस्त घोषणा गरी टेकओभर गर्ने चेतावनी दिएपछि सो कम्पनीले साधारणसभा बोलाएको छ । उक्त कम्पनीले पुस २६ गते कार्की बैङ्कटमा साधारणसभा डाकेको छ । उक्त साधारणसभा विशेष प्रस्ताव केही पनि छैन । साधारणसभाले सर्वसाधारण सेयरधनीको तर्फबाट २ जना सञ्चालक चयन गर्ने छ भने सञ्चालक समितिले मनोनित [&hellip;]</p>

काठमाडाैं । बीमा समितिले युनाइटेड इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडलाई समस्याग्रस्त घोषणा गरी टेकओभर गर्ने चेतावनी दिएपछि सो कम्पनीले साधारणसभा बोलाएको छ । उक्त कम्पनीले पुस २६ गते कार्की बैङ्कटमा साधारणसभा डाकेको छ ।

उक्त साधारणसभा विशेष प्रस्ताव केही पनि छैन । साधारणसभाले सर्वसाधारण सेयरधनीको तर्फबाट २ जना सञ्चालक चयन गर्ने छ भने सञ्चालक समितिले मनोनित गरेका प्रवद्र्धक समूहका सञ्चालकहरु अनुमोदन गर्नेछ ।

अध्यक्ष श्रेष्ठले प्रमुख कार्यकारी अधिकृत शेखर बराल लामो समय विदेश बस्दा साधारणसभा बोलाउन ढिला भएको प्रष्टीकरण दिएका थिए । बराल पुर्नबीमाको काम भन्दै निरन्तर विभिन्न देश भ्रमणमा जाने गरेका छन् ।

कम्पनीले आर्थिक वर्ष २०७२/७२ को वार्षिक प्रतिवेदन साधारणसभामा अनुमोदन गर्ने प्रस्ताव लैजादैछ । त्यसमा सेयरधनीलाई कुनै पनि प्रकारका लाभांश प्रस्ताव छैन । हकप्रद सेयर निकाशन सम्बन्धी प्रस्ताव पनि छैन ।

प्रभु इन्स्योरेन्स, अाइएमइ जनरल इन्स्याेरेन्स, शिखर इन्स्योरेन्स लगायत कम्पनीहरुले आर्थिक वर्ष २०७३/७४ को साधारणसभा सम्पन्न गरी सेयरधनीलाई लाभांश समेत वितरण गरिरहेको छन् । तर युनाईटेड इन्स्योरेन्स कम्पनीले भने दुई वर्ष पुरानो र घाटाको वार्षिक प्रतिवेदन पास गर्न पुस २६ गते साधारणसभा बोलाएको छ ।

यस कम्पनीले आर्थिक वर्ष २०७३/७४ को आयव्ययको सो कम्पनीले लेखापरिक्षण गर्न पनि भ्याएको छैन । कर्मचारीहरुले भटाभट छोड्दा कम्पनीको व्यापार मात्र प्रभावित भएको छैन, आन्तरिक प्रशासन र लेखाको काम पनि अस्तव्यस्त भएका छन् ।

उक्त कम्पनीले आर्थिक वर्ष २०७२/७३ को वार्षिक प्रतिवेदनसहित सो आर्थिक वर्षको नाफाबाट १० प्रतिशत बोनस सेयर दिने र त्यसपछि १ बराबर १ अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने प्रताव बीमा समितिमा पठाएको थियो ।

तर यूनाईटेडले सिटी स्केपलाई गरेको भुक्तानी बापतको रकम पुर्नबीमा कम्पनीबाट नआएपछि बीमा समितिले करिव ३४ करोड रुपैयाँ प्रोभिजन गराएको थियो । ३४ करोड प्रोभिजन गर्नु परेपछि कम्पनीका प्रस्तावित बोनस सेयर रद्द भएको थियो ।

बोनस सेयर रद्द भए पनि हकप्रद सेयर निष्काशनको प्रस्ताव साधारण सभामा लैजान सक्थ्यो । तर कम्पनीले उक्त विकल्पलाई पछाडि धकेलेको छ । संचित नोक्सानमा भएको कम्पनीको हकप्रद सेयर खरिद गर्न सेयरधनीले पैसा नहाल्नो डरले कम्पनीले हकप्रद सेयर सम्बन्धी प्रस्ताव अहिले अघि नबढाएको हुने सक्ने अनुमान गरिएको छ ।

बीमा समितिले वार्षिक प्रतिवेदन स्वीकृतसँगै ६० दिन भित्र साधारणसभा गर्न निर्देशन दिएको थियो । उक्त समयअवधि भित्र साधारणसभा नगरेपछि बीमा समितिले फेरी सात दिनभित्र साधारणसभा बोलाउन निर्देशन दिएको थियो ।

‘बीमा समितिले ७ दिनभित्र साधारणसभा बोलाउन लिखित निर्देशन दिएपछि मात्र कम्पनीले साधारसभा बोलाएको हो’ स्रोतले भन्यो–‘बीमा समितिका अध्यक्ष चिरञ्जीवि चापागाईले कम्पनीका अध्यक्ष विजयबहादुर श्रेष्ठलाई आफ्नो कार्यकक्षमा बोलाई तत्काल साधारणसभा नगरे युनाईटेड इन्स्योरेन्स कम्पनीलाई समस्याग्रस्त घोषणा गर्ने र बीमा समितिले कम्पनी टेकओभर गर्ने चेतावनी दिएका थिए ।’

अध्यक्ष श्रेष्ठले प्रमुख कार्यकारी अधिकृत शेखर बराल लामो समय विदेश बस्दा साधारणसभा बोलाउन ढिला भएको प्रष्टीकरण दिएका थिए । बराल पुर्नबीमाको काम भन्दै निरन्तर विभिन्न देश भ्रमणमा जाने गरेका छन् ।

उच्च स्रोतका अनुसार लिखित निर्देशन अनुसार ७ दिन भित्र साधारणसभा नबोलाएको भए कम्पनीले सुशासन कायम नगरेका, वार्षिक साधारणसभा नगरेका, लाईसेन्स नविकरण नगरेको जनाउँदै कम्पनीलाई समस्याग्रस्त घोषणा गर्ने, सञ्चालक समिति भङ्क गर्ने, बीमा समितिले कम्पनी टेकओभर गर्ने र साधारणसभा गराई नयाँ सञ्चालक समितिलाई जिम्मेवारी सुम्पने बीमा समितिको तयारी थियो ।

Share News