
काठमाडौं । लगानीकर्ताको विश्वास बढन् नसकेपछि साताको पहिलो दिन सेयर बजार घट्को छ ।
आइतबार बजार खुल्दा बढ्दै गएको बजार अडिन नसक्दा बन्द हुने समयमा आएर ४.४ अंकले घटेको छ ।
आइतबार वित्तीय समूह बाहेक सबै परिसूचकको मूल्य घटेको छ । आइतबार ५५ करोड ९५ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।
शत्प्रतिशत बोनस सेयर दिने भएपछि स्ट्याण्डर्ड चाटर्ड बैंकको कारोबार बढेको छ । आइतबार स्ट्याण्डर्डको सेयर प्रतिकित्ता २ हजार ७७ रुपैयाँमा ८ करोड ४५ लाख रुपैयाँको कारोबार भएको छ ।
आइतबार महुली सामुदायिक लघुवित्त संस्था लिमिटेड र ग्रीन डेभलपमेन्ट बैंकका लगानीकर्ताले कमाएका छन् ।
महुली र ग्रीनको सेयर मूल्य झण्डै १० प्रतिशत बढेको छ । महुलीका लगानीकर्ताले प्रतिसेयर एकैदिन २०३ रुपैयाँ र ग्रीनकाले ५३ रुपैयाँ कमाएका छन् ।