
काठमाडौं । सानिमामाई हाइड्रोपावर लिमिटेडको हकप्रद सेयर नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सुचिकृत भएका छ ।नेप्सेले आइतबार सानिमाको १ करोड ५ लाख ५० हजार कित्ता हकप्रद सेयर कारोबारका लागि सुचिकृत गरेको हो ।
हकप्रदपछि सानिमाको पुँजी २ अर्ब ११ करोड रुपैयाँ पुगेको छ । जलविद्युत आयोजनामा लगानी गर्न सानिमामाइले शतप्रतिशत हकप्रद निष्कासन गरेको थियो ।