मुद्धति निक्षेपको ब्याज ११.५ प्रतिशत पुग्यो, किन बढ्दैछ ब्याज दर ?

<p>काठमाडौं । वाणिज्य बैंकहरुले मुद्धति निक्षेपको ब्याज दर बढाएर साढे ११ प्रतिशत पुर्याएका छन् । मुद्धति खातामा रहेको निक्षेप बाहिरन नदिन बैंकहरुले व्यक्तिगत  मुद्धती निक्षेपको ब्याजदर बढाएर साढे ११ प्रतिशत पुर्याएका हुन् । नेपाल क्रेडिट एन्ड कमर्श (एनसीसी) बैंकले ब्यक्तिगत मुद्धति निक्षेपमा सबैभन्दा बढी ब्याजे दिने योजना ल्याएको छ । बैंकले आइतबार १२० दिनका लागि [&hellip;]</p>

काठमाडौं । वाणिज्य बैंकहरुले मुद्धति निक्षेपको ब्याज दर बढाएर साढे ११ प्रतिशत पुर्याएका छन् । मुद्धति खातामा रहेको निक्षेप बाहिरन नदिन बैंकहरुले व्यक्तिगत  मुद्धती निक्षेपको ब्याजदर बढाएर साढे ११ प्रतिशत पुर्याएका हुन् ।

नेपाल क्रेडिट एन्ड कमर्श (एनसीसी) बैंकले ब्यक्तिगत मुद्धति निक्षेपमा सबैभन्दा बढी ब्याजे दिने योजना ल्याएको छ । बैंकले आइतबार १२० दिनका लागि साढे ११ प्रतिशत ब्याज दिने गरी नयाँ मुद्धति योजना सार्वजनिक गरेको हो ।

अधिकाँश बैंकले छोटो अवधिका लागि भन्दै निक्षेप तान्न बढी ब्याज दिने योजना ल्याएका हुन् । एनसीसीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रमेश अर्याल गत वर्ष बढी ब्याज दिएर लिएको निक्षेप परिपक्व हुदै गएकले त्यसलाई लक्षित गरेर यो योजना ल्याएको बताए । “बजारमा पुँजीको अभाव हैन, निक्षेप रोक्नका लागि यस्तो योजना ल्याएको हो” उनले भने । उनका अनुसार एनसीसीसंग लगानी गर्न पर्याप्त पुँजी छ ।

कुमारी बैंकले पनि १ सय दिनका लागि व्यक्तिगत मुद्धती खातामा ११ प्रतिशतसम्म ब्याज दिने योजना आइतबार ल्याएको छ । यस्तै सेन्चुरी कर्मशियल बैंक ११, लक्ष्मी बैंकले ११ प्रतिशत ब्याज दिने मुद्धति योजना ल्याएका हुन् । यसअघि माछापुच्छे् बैंक, सानिमा बैंक, बैंक अफ काठमाण्डु, र नेपाल इन्भेष्टमेन्ट बैंकले पनि १० प्रतिशत ब्याज दिने गरी मुद्धति योजना ल्याइसकेका छन् ।

यस्तै स्ट्याण्डर्ड चाटर्ड बैंकले पनि १ वर्षमा ९ प्रतिशत ब्याज दिने मुद्धति निक्षेप योजना सार्वजनिक गरेका छ । राष्ट्रिय वाणिज्य, कृषि विकास र नेपाल बैंकबाहेक प्राय सबै बैंकले मुद्धति निक्षेपमा ब्याज दर बढाएका छन् ।

गत वर्ष लगानीयोग्य पुँजीको चरम अभाव हुँदा बैंकहरुले महंगो ब्याजदरमा मुद्धति निक्षेप उठाएका थिए । यसपाली पनि तरलता अभावको संकेतहरु देखिन थालेपछि बाणिज्य बैंकहरुले आफ्ना मुद्धति निक्षेपकर्ताको रकम बाहिरिन नदिन ब्याजदर धमाधम ब्याजदर बढाएका हुन् ।
तरलता अभावको सम्भावना कायमै छ, गत बर्ष लिएको निक्षेप बाहिरिन सक्ने सम्भावना देखेपछि ब्याजदर बढाउनुपर्ने बाध्यता भएको बैंकरले भनाइ छ । गत वर्ष बैंकहरुले महंगोमा दरमा उठाएको मुद्धति निक्षेप परिपक्व हुन थालेको छ । केहीको पुस र अधिकाँशको माघमा परिपक्व हुदैछ ।

ऋण लगानी गर्न रकम नभएपछि गत वर्ष वाणिज्य बैंकले बजारबाट १४ प्रतिशतसम्ममा निक्षेप उठाएका थिए । अधिकाँश बैंकको मुद्धति निक्षेपको रकम फिर्ता हुने समय आएपछि यसलाई रोक्न बैंकले व्यक्तिगत मुद्धतिमा ब्याज दर बढाएको  राष्ट्र बैंकले जानकारी दिएको छ।

केन्द्रीय बैंकका अनुसार गत शुक्रबारसम्म बैंकिङ प्रणालीमा लगानीयोग्य पुँजी ४७ अर्ब रुपैयाँ छ । पर्याप्त तरलता हुदाहुदै बैंकले मुद्धति निक्षेपको ब्याज दर बढाएको राष्ट्र बैंकको भनाई छ ।

चालु आर्थिक वर्षको पहिलो त्रैमाशमा अधिकांश बैंकको आधार ब्याजदर १० प्रतिशत हारहारीमा रहेको थियो । बैंक अफ काठमाण्डुले बिहीबार आधार दर १०.८६ प्रतिशत रहेको जानकारी दिएको छ । प्रभु बैंकले आइतबार आधार ब्याज दर ९.८० प्रतिशत रहेको जानकारी दिएको छ ।

Share News