युनाइटेड फाइनान्सको साधारणसभा पुस २९ मा, हकप्रद निष्कासन रद्ध र मुत्तुट फाइनान्सलाई साझेदार बनाउने

<p>काठमाडौं । युनाइटेड फाइनान्स लिमिटेडले हकप्रद सेयर निष्कासन नगर्ने भएको छ । फाइनान्सले नेपाल राष्ट्र बैंकले तोकेको चुक्तापुँजी ८० करोड रुपैयाँ पुगिसकेको बताउदै थप २० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने पहिलाको निर्णय रद्ध गर्न लागेको हो । गत वर्ष सम्पन्न २२ औं साधारणसभाले चुक्तापुँजी बढाउन १३ लाख ४५ हजार ४१० कित्ता हकप्रद सेयर निष्कासनको प्रस्ताव [&hellip;]</p>

काठमाडौं । युनाइटेड फाइनान्स लिमिटेडले हकप्रद सेयर निष्कासन नगर्ने भएको छ । फाइनान्सले नेपाल राष्ट्र बैंकले तोकेको चुक्तापुँजी ८० करोड रुपैयाँ पुगिसकेको बताउदै थप २० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने पहिलाको निर्णय रद्ध गर्न लागेको हो ।

गत वर्ष सम्पन्न २२ औं साधारणसभाले चुक्तापुँजी बढाउन १३ लाख ४५ हजार ४१० कित्ता हकप्रद सेयर निष्कासनको प्रस्ताव पारित गरेको थियो ।

कम्पनीको पुस २९ गते बस्ने २३ औं साधारणसभामा हकप्रद सेयर निष्कासन रद्ध गर्ने प्रस्ताव पेश हुने कम्पनीले जनाएको छ ।

गत आर्थिक वर्षमा गरेको नाफाबाट १९ प्रतिशत बोनस सेयर निष्कासन गरेपछि चुक्तापुँजी ८० करोड रुपैयाँ पुग्ने भएको छ ।

सभामा गत आवमा गरेको नाफाबाट १२ करोड ७८ लाख १३ हजार रुपैयाँ बराबरको १२ लाख ७८ हजार १३९ कित्ता बोनस सेयर वितरणको प्रस्ताव सभाबाट पारित हुनेछ ।

यस्तै भारतको कोचीस्थित मुत्तुट फाइनान्स लिमिटेडलाई वैदेशिक रणनीतिक साझेदारको रुपमा भित्राउने प्रस्ताव सभाबाट पारित हुने भएको छ ।

यसका लागि प्रिमियम दरमा प्रतिकित्ता १९० रुपैयाँमा २१ लाख कित्ता संस्थापक समूहको थप सेयर जारी गर्ने र यस सम्बन्धित सबै काम गर्ने अख्तियार सञ्चालक समितिमा दिने प्रस्ताव सभाबाट पारित हुनेछ ।

यस्तै फाइनान्सले निर्जीवन तथा जीवन बीमाको एजेन्टको भई काम गर्ने भएको छ । यसका लागि साभामा प्रस्ताव पारित गर्ने कार्यक्रम छ ।
सभाले सञ्चालक समितिको संरचनामा परिवर्तन गरी ४ जना संस्थापक, २ जना सर्वसाधारण र १ जना विज्ञ सञ्चालक समिति हुने प्रस्ताव पनि पारित गर्ने छ ।

Share News