
काठमाडौं । नेपाल राष्ट्र बैंकले सिक्का छाप्न ५ वटा विदेशी कम्पनीलाई छनौट गरेको छ ।
राष्ट्र बैंकले १, २ र ५ दरका सिक्का छाप्न अन्तराष्ट्रिय प्रतिस्पर्धाबाट ५ वटा कम्पनीलाई छनौट गरेको हो ।
यी कम्पनीले मात्र सिक्का छाप्ने बोलपत्रमा भाग लिन पाउने छन् । पुर्वयोग्यता छनौट भएका कम्पनीमा मेनिका पोलस्का एसए पोल्याण्ड, चाइना बैंक नोट प्रिटिङ एन्ड मिन्टिङ कर्पोरेशन, दी रोयल मिन्ट लिमिटेड, दी इन्डोनेसियन गभरमेन्ट सेक्युरिटी प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरेशन र मिन्ट अफ फिनल्याण्ड लिमिटेड रहेका छन् ।
यी कम्पनी मध्येबाट सबैभन्दा कम दर प्रस्ताव गर्नेले सिक्का छाप्ने ठेक्का पाउने छन् ।